यस वर्षको आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने | Khabarhub Khabarhub

यस वर्षको आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालू आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै चालू आर्थिक वर्ष २०७६/७७ को आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको हो ।

विभागले चालू आर्थिक वर्षका ९ महिना सम्मका आर्थिक क्षेत्रहरुसँग सम्बन्धित प्राप्त आँकडा तथा सूचना एवम् बाँकी अवधिको वस्तु तथा सेवाको उत्पादन अनुमान गरी चालू आर्थिक वर्षमा आधारभूत मूल्यमा २.२७ प्रतिशतले आर्थिक बृद्धि हुने देखिएको जनाएको छ ।

चालू आर्थिक वर्षको बजेटकले ८.५ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य राखेको थियो । तर, विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९ को प्रभावका कारण नेपालको आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित रहन पुग्ने तथ्याङ्क विभागको प्रक्षेपण छ ।

चालू आर्थिक वर्षको प्रक्षेपणसहित पछिल्ला १३ आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदरको तथ्याङ्क, स्रोत– केन्द्रीय तथ्याङ्क विभाग

‘हाल विश्वमा देखिएको कोडिभ १९ को महामारीको असरलाई न्यून गर्नका लागि अवलम्वन गरिएको आन्तरिक तथा शाह्य प्रयासहरुको प्रभाव हाम्रो अर्थतन्त्रमा पनि पर्ने देखिन्छ,’ राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै तथ्याङ्क विगभाले भनेको छ, ‘यसको असर कति अवधिसम्म रहने भन्ने अनुमान गर्न नसकिएको अवस्थामा यस आर्थिक वर्षको अनुमान तयार गर्दा होटेल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र यस आर्थिक वर्षको अन्त्यसम्म अत्याधिक प्रभावित रहने तथा अन्य क्षेत्रहरु जेठबाट क्रमशः नियमित हुने विश्वास गरी अनुमानहरु तयार गरिएको छ ।’

गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक बृद्धिदर ६.७५ प्रतिशत थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ४ : १२ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी