कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढ्यो, एकैदिन ६ जनामा संक्रमण « Khabarhub

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढ्यो, एकैदिन ६ जनामा संक्रमण


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीका लागि कुवेत पुगेका नेपालीमा कोरोना भाइरस संक्रमण देखिने क्रम बढिरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार रोजगारीका लागि कुवेत पुगेका ५१ जना नेपाली संक्रमित भएका छन् ।

कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकैदिन ६ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो । विगत सात दिनमा २० नेपालीमा संक्रमण देखिएको छ ।

कुवेतमा संक्रमितलाई त्यहाँका नागरिक सरहको उपचार व्यवस्था रहेको नेपाली दूतावासले जनाएको छ ।

खाडी मुलुकमध्ये बहराइनमा नेपाली कोरोनाका कारण बढी प्रभावित भएका छन् । त्यहाँ १३६ जनामा कोरोना देखिएको छ । त्यसपछि बढी प्रभावित मुलुक कुवेत हो ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ४ : २९ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ