कोरोना नियन्त्रणबारे नेकपाका नेताहरुले गरे चिनियाँ टोलीसँग तीन घन्टा छलफल « Khabarhub

कोरोना नियन्त्रणबारे नेकपाका नेताहरुले गरे चिनियाँ टोलीसँग तीन घन्टा छलफल


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को सामना र सहकार्य बारेमा नेकपाका नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालसहित उपप्रधानमन्त्री र मुख्यमन्त्रीहरुले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखसँग छलफल गरेका छन् ।

नेता नेपालसहित उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोख्रेल, सात बटै प्रदेशका पार्टी इन्चार्ज (पृथ्वी सुब्बा बाहेक) र डाक्टरहरूले बुधवार चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टरहरू तथा बैज्ञानिक सहित तीन घण्टा लामो भिडियो कन्फेरेन्स गरेको नेता नेपालको सचिवालयले जानकारी दिएको छ ।

त्यसक्रममा पूर्व प्रधानमन्त्री नेपालले कोरोना रोकथाममा नेपालले गरिरहेको प्रयासबारे बताएका थिए ।

ताओले पनि कोरोना मानवीय समस्या भएकाले यसलाई लिएर विश्वका कसैले पनि राजनीति गर्न नहुने बताए । ताओले कारोना नियन्त्रणमा चिनियाँ तौरतरिका र अपनाइएका प्रविधिसमेत बारे बताएको नेपालका स्वकिय सचिव मोहन गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ५ : २२ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय