हालसम्म ५७ हजार जनाको कोभिड–१९ परीक्षण « Khabarhub

हालसम्म ५७ हजार जनाको कोभिड–१९ परीक्षण


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म ५७ हजार १८९ जनाको कोभिड–१९ को परीक्षण गरिएको जनाएको छ ।

बुधबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा विकास देवकोटाले पीसीआरबाट ११ हजार ५२४ र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)बाट ४५ हजार ६६५ मा परीक्षण गरिएको जानकारी दिए ।

उनका अनुसार विगत २४ घण्टामा दुई हजार ३६७ को कोभिड–१९ परीक्षण गरिएको छ । प्रदेश नं १ मा चार हजार ८४१, प्रदेश नं २ मा पाँच हजार २९८, वाग्मती प्रदेशमा आठ हजार २१७, गण्डकी प्रदेशमा पाँच हजार ३४३, प्रदेश नं ५ मा तीन हजार ६७१, कर्णाली प्रदेशमा पाँच हजार २६९ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ९८६ को परीक्षण गरिएको छ ।

यसैगरी २२ हजार ९०१ जना क्वारेन्टाइनमा बसेका छन् । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार प्रदेश नं १ मा दुई हजार ४७८, प्रदेश नं २ मा एक हजार ४०४, वाग्मती प्रदेशमा ६११, गण्डकी प्रदेशमा ६९४, प्रदेश नं ५ मा १२ हजार ५१५, कर्णाली प्रदेशमा तीन हजार ९६३ र सुदूरपश्चिम प्रदेशमा एक हजार २३६ जना क्वारेन्टाइनमा बसेका छन् ।

यसैगरी टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा नयाँ तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पर्साका ४६ र बाराका ४३ र ३१ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । अहिले ४१ जना उपचाररत रहेका छन् ।

यसभन्दा अगाडि एकजनाको सङ्क्रमण देखिएको भनिएको ती पुराना सङ्क्रमण नै रहेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए ।  “ती पुराना बिरामी हुन् । उनको आज परीक्षणको क्रममा पोजेटिभ देखिएको मात्र हो”, उनले भने , “त्यसैले आज तीन जनामा मात्र सङ्क्रमण देखिएको हो ।”

यसैगरी ८७ जना आइसोलेशनमा रहेका छन् भने स्वपरीक्षण गर्दा आज एक जना गरी अहिलेसम्म ३१० जना ‘रेड जोन’मा रहेका छन् । यसैगरी मन्त्रालयले कोभिड–१९ को उपचार घरमा गर्नका लागि आयुर्वेदिक तथा वैकल्पिक चिकित्सासम्बन्धी निर्देशिका जारी गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिए । निर्देशिका जारीसँगै अब कोभिड–१९ सँग लड्ने क्षमता बढाउन घरेलु आयुर्वेदिक औषधि प्रयोग गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ५३ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा