गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव « Khabarhub

गौतमलाई प्रधानमन्त्री र नेपाललाई पार्टी अध्यक्ष बनाउने ओलीको प्रस्ताव


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

बुधबार प्रधानमन्‍त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।

तयस्तै माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् ।

एक सचिवालय सदस्यका अनुसार, प्रधानमन्त्री ओलीले कोरोना महामारी पछाडि नेता नेपाललाई अध्यक्ष र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका हुन् ।

“जे गर्नुपर्ने हो, कोरोना पछाडि गरौं । अहिले अध्यक्ष र प्रधानमन्त्री बनाउने कुरा सहमति गरौं”, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब नेकपाको २० गते सचिवालय बैठक बस्नेछ। २० गतेको सचिवालय बैठकले स्थायी कमिटीको बैठकबारे टुंगो लगाउनेछ।

यो पनि पढौं

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ११ : ०९ बजे

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ

दक्षिणी लेबनानमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

लेबनान– लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति

लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनको