भारतीय मिडियाको समाचार प्रति नेपाली सेनाको ध्यानाकर्षण « Khabarhub

भारतीय मिडियाको समाचार प्रति नेपाली सेनाको ध्यानाकर्षण


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारप्रति नेपाली सेनाले खण्डन गरेको छ ।

भारतीय दुई सञ्चारमाध्यममा प्रकाशित समाचार प्रोपगाण्डा मात्र भएको नेपाली सेनाको दाबी छ ।

हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डटकमले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको टिप्पणीमाथि खण्डन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपनि प्रधानसेनापति पूर्णचन्द्र थापाले अस्वीकार गरेको भन्दै समाचार प्रकाशन भएपछि नेपाली सेनाले त्यसको खण्डन गरेको हो ।

नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै ती दाबीलाई प्रोपगाण्डा मात्र भएको जनाएको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ ।’

राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले यस प्रकारको अफवाह फैलाइएको जंगीअड्डाको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ ‘नेपाली सेना नेपालको संविधान अनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहोको पनि जानकारी गराउन चाहन्छौं ।’

सेनाले आगामी दिनमा पनि विभिन्न माध्यमबाट नेपाल, नेपाली नगारिक र नेपाली सेनासम्बन्धी अफवाह फैलाउने प्रयास हुनसक्ने पनि भनेको छ ।

नेपाली सेनाले जारी गरेको विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  १ : २१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना