ग्यास लिक भई आगलागी हुँदा पाँच घाइते | Khabarhub Khabarhub

ग्यास लिक भई आगलागी हुँदा पाँच घाइते


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- ग्यास लिक भई आगलागी हुँदा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ तरकारी बजारमा पाँच जना घाइते भएका छन् ।

रुकेश ठकुरीको तीन तले घरको तेस्रो तलमा रहेको भान्छामा आज बिहान ग्यास लिक भई आगलागी हुँदा घरधनी २६ वर्षीय रुकेश ठकुरी, उनकी श्रीमती २४ वर्षीया शोफिया ठकुरी र डेढ वर्षीया छोरी रचना ठकुरीका साथै उनका आफन्त १६ वर्षीय आयुश ठकुरी र मनिष शाह ठकुरी घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनले तत्काल उद्धार गरी बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाएको घाइतेको थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर वर्न सेन्टरमा सिफारिस गरी पठाएको बताए । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोठामा चुरोट सल्काउने क्रममा आगलागी भएको हो । ग्यास पाइपबाट ग्यास चुहिएको अवस्थामा चुरोट सल्काउने क्रममा त्यहीबाट आगो सल्केको भन्ने बुझिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट भान्साकोठा पूर्णरुपमा क्षति भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ३ : ४० बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास