नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ पुग्यो « Khabarhub

नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ पुग्यो


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ स्थायी ठेगाना भएका एक जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

भारतबाट आउँदा बाटोमै उनको मृत्यु भएको उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ स्थायी ठेगाना भएका उनको गत जेठ १० गते मृत्यु भएको थियो । उनको नेपाल फर्कने क्रममा कपिलवस्तुको सीमा क्षेत्रमा मृत्यु भएपछि नमूना संकलन गरेर परिवारले अन्त्यष्टि गरिसकेका छन् ।

यसअघि नेपालमा कोरोनाका कारण पाँच जनाको मृत्यु भएको थियो । यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्ध र ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष गरी पाँच जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ४ : ५० बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।