नेपालमा हालसम्म २०६ जना कोरोना संक्रमित निको भए  « Khabarhub

नेपालमा हालसम्म २०६ जना कोरोना संक्रमित निको भए 


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो पटक थप १९ जना संक्रमित कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म निको हुनेको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा स्वास्थ्य मन्त्रालयका अनुसार पाटन अस्पतालबाट ७ ,टेकु अस्पतालबाट २, बलम्बुबाट २ र कोरोना विशेष अस्पताल दाङबाट ८ जना संक्रमितहरु संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन्।

प्रादेशिक विवरण अनुसार अहिलेसम्म प्रदेश १ बाट ३०, प्रदेश २ बाट १०२,बागमती प्रदेशबाट २०, गण्डकी प्रदेशबाट २, प्रदेश ५ बाट ४७ र सुदुरपश्चिमबाट ५ जना डिस्चार्ज भएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २०६ पुगेको छ। तीमध्य १६२ पुरुष र ४४ जना महिला छन्।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ५ : २८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा