सबैभन्दा धेरै कोरोना संक्रमित प्रदेश २ मा, कुन प्रदेशमा कति ? « Khabarhub

सबैभन्दा धेरै कोरोना संक्रमित प्रदेश २ मा, कुन प्रदेशमा कति ?


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका बिरामी प्रदेश २ मा सबैभन्दा धेरै देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रदेश २ मा सबैभन्दा धेरै संक्रमित रहेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार शुक्रबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ५७ पुगेको छ । प्रदेश १ का ८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश २ मा कुल संक्रमितको संख्या ४ सय ९० पुगेको छ । प्रदेश २ का ८ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै बागमती प्रदेशमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशमा १२ जिल्लामा संक्रमण देखिएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार गण्डकी प्रदेशमा ५ जिल्लामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै प्रदेश ५ को ९ वटा जिल्लामा ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै कर्णाली प्रदेशका ३ जिल्लामा ४७ जना संक्रमित देखिएका छन् भने सुदुरपश्चिमका ७ जिल्लामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ जना पुगेको छ । जसमध्ये १ हजार १ सय ३ जना पुरुष र १ सय ९ जना महिला रहेका छन् । ती मध्ये २ सय ६ जना निको भएर घर फर्किएका छन् । कोरोना निको हुनेमा १६२ जना पुरुष र महिला ४४ जना रहेका छन् । नेपालमा हालसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ५ : ४५ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।