सरकारले तोक्यो भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने २० नाका | Khabarhub Khabarhub

सरकारले तोक्यो भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने २० नाका


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिले भारतमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन २० वटा नाका तोकेको छ।

समितिको आज बसेको बैठकले १२ जेठमा मन्त्रिपरिषद्ले जारी गरेको ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजिकरण गर्नेसम्बन्धी आदेश’ बमोजिम भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने २० नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए।

सरकारले तोकेका २० वटा नाकाहरूमा पशुपतिनगर (इलाम), काकडभिट्टा (झापा), रानी (मोरङ), कुनौली (सप्तरी), ठाडी (सिराहा), माडर (सिराहा), भिट्टामोड (महोत्तरी), मंगलवा (सर्लाही) रेहका छन्।

यसैगरी, गौर (रौतहट), वीरगञ्ज (पर्सा), महेशपुर (बारा), बेलहिया रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), सुरजपुर (बर्दिया), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कंचनपुर), झुलाघाट (बैतडी) र दार्चुला नाका रहेका छन्।

सचिव बिडारीले निर्धारण भइसकेका यी नाकाको व्यवस्थापन गरिने जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ६ : ३० बजे

उपाधि जित्न हैदरावादले कोलकातालाई दियो ११४ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा अहिले

शैक्षिक अवस्था सुधारका लागि अभिमुखीकरण कार्यक्रम

सुन्दरहरैचा – मोरङमा शैक्षिक अवस्था सुधारका लागि सञ्चालन गरिएको अभिमुखीकरण

‘खुस्मा’को छायांकन सम्पन्न

काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको

नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत

काठमाडौं – नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको

फिल्म ‘लण्डन टू पेरिस’ को ट्रेलर सार्बजनिक

काठमाडौं । यही जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको