सरकारले तोक्यो भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने २० नाका « Khabarhub

सरकारले तोक्यो भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने २० नाका


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिले भारतमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन २० वटा नाका तोकेको छ।

समितिको आज बसेको बैठकले १२ जेठमा मन्त्रिपरिषद्ले जारी गरेको ‘नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजिकरण गर्नेसम्बन्धी आदेश’ बमोजिम भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने २० नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए।

सरकारले तोकेका २० वटा नाकाहरूमा पशुपतिनगर (इलाम), काकडभिट्टा (झापा), रानी (मोरङ), कुनौली (सप्तरी), ठाडी (सिराहा), माडर (सिराहा), भिट्टामोड (महोत्तरी), मंगलवा (सर्लाही) रेहका छन्।

यसैगरी, गौर (रौतहट), वीरगञ्ज (पर्सा), महेशपुर (बारा), बेलहिया रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कपिलवस्तु), जमुनाह (बाँके), सुरजपुर (बर्दिया), गौरीफन्टा (कैलाली), गड्डाचौकी (कंचनपुर), झुलाघाट (बैतडी) र दार्चुला नाका रहेका छन्।

सचिव बिडारीले निर्धारण भइसकेका यी नाकाको व्यवस्थापन गरिने जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ६ : ३० बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।