राष्ट्रिय जनता पार्टीको प्रस्ताव दर्ता भएन « Khabarhub

राष्ट्रिय जनता पार्टीको प्रस्ताव दर्ता भएन


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महन्थ ठाकुरले देशको आधा जनसंख्या संविधानप्रति असन्तुष्ट रहेको बेला राष्ट्रिय एकताको कुरा गर्न नसकिने बताएका छन् ।

संविधान संशोधन गर्नुपर्ने मागहरु उठाउँदै आएका आक्रोशित जनताहरुको कुरा नसुने राष्ट्रिय एकताको कुरा सम्भव नभएको उनले बताए ।

संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेपनि दर्ता भने हुन सकेन । विधेयक दर्ता नभएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता ठाकुरले भने, ‘अहिले देशको एक भागको जनताका आक्रोशित छन् । उसले आफ्नो अधिकारको माग गरेको छ त्यसलाई सुन्नुहुन्न र खाली आफ्नो कुरा सुनाउनु हुन्छ भने राष्ट्रिय एकताको कल्पना नगर्नुस् ।’

नेता ठाकुरसँगै राजपाका केही नेताहरु संशोधन विधेयक दर्ता गराउन सचिवालय पुगेपनि समाजवादी पार्टीका नेताहरु भने सहभागि थिएनन् । संविधान जारी भएदेखि नै राजपाले नागरिकता, भाषा, समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरुमा संविधान संशोधन गर्नुपर्ने बताउँदै आएको छ ।

सरकारले नयाँ नक्सा जारी गरेसँगै संशोधनको प्रकृया अगाडी बढाएपछि राजपाले आफ्ना मागहरु पनि समेट्नुपर्ने बताएको छ । सोही अनुसार नेताहरु संसद सचिवालय पुगेपनि सचिवालयका महासचिव डा. भरतराज गौतमले आवश्यक अध्ययनपछि मात्रै दर्ता हुने बताएपछि नेताहरु आक्रोशित हुँदै फर्किएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ८ : ३८ बजे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको