पूर्वसैनिक हवाई महानिर्देशकलाई कारबाही गर्ने सैनिक अदालतको फैसला « Khabarhub

पूर्वसैनिक हवाई महानिर्देशकलाई कारबाही गर्ने सैनिक अदालतको फैसला


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सैनिक अदालतले पूर्वसैनिक हवाई महानिर्देशक पाईलट उपरथी सुधिर श्रेष्ठलाई सैनिक कारबाही गर्ने फैसला गरेको छ ।

सैनिक अदालतले अवकाश पाएका श्रेष्ठसँग उनले कार्यरत रहँदा हिनामिना गरेको ५८ लाख ९५ हजार असुलउपरगर्दै नसिहत दिने फैसला गरेको हो ।

अदालतले महानिर्देशकका रुपमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन २०६३ बमोजिम उपरथी श्रेष्ठसहित आठ जना सैनिक अधिकृतहरुलाई सचेत र एकजना अधिकृत र नौ अन्य दर्जाका कर्मचारीलाई सफाई दिने फैसला गरेको हो ।

सैनिक अदालतले आठ सैनिक अधिकृतलाई आफूलाई प्राप्त जिम्मेवारिलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गर्दै सचेत गराउने फैसला गरेको छ ।

सैनिक हवाई महानिर्देशनालयमा भएको आर्थिक अनियमितता अनुसन्धानका लागि रथीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी बोडले ४ चैत २०७६ मा कारबाही अघि बढाउने प्रतिवेदन दिएको थियो ।

बोर्डले उपरथी श्रेष्ठसहित १९ जना प्रतिबादिहरु उपर सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न बुझाएको प्रतिवेदनपछि रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालत १४ जेठमा गरेको फैसला शुक्रबार उनीहरुलाई सुनाइएको हो ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ९ : १५ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।