विदेशबाट फर्किने नेपालीको व्यवस्थापन सहज रुपमा गरिन्छ : राज्यमन्त्री मानन्धर « Khabarhub

विदेशबाट फर्किने नेपालीको व्यवस्थापन सहज रुपमा गरिन्छ : राज्यमन्त्री मानन्धर


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विदेशबाट फर्कने नागरिकको वर्गीकरण गरी क्वारेन्टिन व्यवस्थापन गरिने बताएका छन् ।

खाडी मुलुकबाट नागरिक, युरोप तथा अमेरिकाबाट फर्कन चाहने नागरिक र भारतबाट फर्कने नागरिकको आर्थिक अवस्था र क्षमता वर्गिकरण गरी क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने मन्त्री मानन्धरले बताए ।

भारतबाट नेपाल प्रवेश गर्ने केही नाकाहरुमा क्वारेन्टिन व्यवस्थापनमा समस्या देखिएको बताउँदै सरकारले आवश्यक सहजीकरण गरिरहेको मन्त्री मानन्धरले बताए ।

केही स्थानमा समस्या देखिएपनि अधिकांश स्थानका क्वारेन्टिनहरुको व्यवस्थापन सहज र व्यवस्थित रहेको बताउँदै मन्त्री मानन्धरले देशभरका होटल तथा रिसोर्टहरुलाई पनि क्वारेन्टिन स्थल बनाउन सकिने बताए । सरकारले आवश्यक परे देशभरका होटल तथा रिसोर्ट र लजहरु प्रयोग गर्न सक्ने बताउँदै मन्त्री मानन्धरले विपद्का बेला सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।

देशभर २० देखि ३० हजार होटलका कोठाहरु रहेको र लज तथा रिसोर्टहरुका कोठाहरुसमेत प्रयोग गर्न सकिने मन्त्री मानन्धरको तर्क छ ।

उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड र संक्रमणको जोखिम कम गर्नका लागि पनि होटलहरुमा क्वारेन्टिन बनाउदा उपयुक्त हुने बताए ।

शुक्रबार सहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री मानन्धरले विदेशबाट फर्कनलागेका नागरिकको वर्गीकरण गरेर क्वारेन्टिन व्यवस्थापन गर्दा सहज हुने बताएका हुन् ।

देशभरका क्वारेन्टिनहरुको अनुगमन र सहजीकरणका लागि जिम्मेवारी पाएका मन्त्री मानन्धरले देशभरको क्वारेन्टिनहरुको अवस्था र आवश्यक कदमका लागि सुझावसहितको प्रतिवेदन बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका थिए ।

 

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ९ : ५४ बजे

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी २१ औँ शताब्दीमा

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न

अरनिको राजमार्ग स्तरोन्नति : ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य

मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो: रातभर अवरुद्ध सडक खुल्यो

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला नजिकै सुख्खा पहिरो खस्दा

महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिका बैठक आज