कविता – ‘किसानको रहर’ « Khabarhub

कविता – ‘किसानको रहर’


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कवि दैवज्ञराज न्यौपानेले लेख्नुभएको कविता ‘किसान रहर’ आम नेपाली किसान दाजुभाइमा समर्पित छ । विद्यालयको पाठ्यक्रममा समेत समावेश यो कविता उत्तिकै समय सान्दर्भिक छ ।

भोजपुरको गोगने-१, धाइपामा वि.सं. २००४ साल मंसिर ३० गते जन्मेका न्यौपानेको साहित्यिक यात्रा कविता लेखनबाट प्रारम्भ भएको हो । खासगरी वि.सं. २०२१ बाट कविता र गीतबाट लेखनबाट उनले साहित्यिक यात्रालाई मुर्तरुप दिएका हुन् । उलने बालसाहित्य र समालोचनाका क्षेत्रमा समेत कलम चलाएका छन् ।

शीर्षकः किसानको रहर

सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साझ र बिहान

बिहानपख झुल्किनछ घाम देउराली पाखामा
आसरे गीत घन्किनछ अनि सुरिलो भाकामा

काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्नु गर्नु नै पर्ने उकाली ओराली

छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला

भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी ?

गालामा साना पसिना दाना मोती झैं खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी

सुसेली हाली बयेली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा

सूनौला बाला झुलेर होला भूईंलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?

हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : २९ बजे

पूर्ण खोप अभियानले पशु रोगको जोखिम घटायो

तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि

मलेसियाको एउटा बिरुवाबाट सुरु भएको खेती : वार्षिक ३० टन ड्रागन फ्रुट उत्पादन

सुनसरी- आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६