एफए कप सेमिफाइनल समीकरण पूरा, सर्वाधिक सफल तीन क्लब अन्तिम चारमा | Khabarhub Khabarhub

एफए कप सेमिफाइनल समीकरण पूरा, सर्वाधिक सफल तीन क्लब अन्तिम चारमा


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एफए कप फुटबलको सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीसँग र म्यान्चेस्टर सिटीले आर्सनल सँग खेल्ने भएको छ ।

सोमबार बिहान सेमिफाइनल समीकरण पूरा भएपछि ड्र गरिएको थियो ।

शीर्ष चारमा एफए कपका सफल टोलीहरु रहेका छन् । एफए कपमा १३ पटक उपाधि उचालेको आर्सनलको सामना गर्न लागेको सिटीले क्वाटरफाइनलको अन्तिम खेलमा न्यूक्यासललाई २-० गोलले पराजित गरेको हो ।

नर्भिच सिटीलाई पराजित गर्दै सेमिफाइनल पुगेको युनाइटेडले एफए कपको उपाधि १२ पटक उचालिसकेको छ भने लेस्टर सिटीलाई क्वाटरफाइनलमा पराजित गरेको चेल्सीले ८ पटक एफए कप उपाधि जितिसकेको छ ।

सेमिफाइनलका दुवै खेल विम्वलेमा जुलाई १८ र १९ मा हुनेछ भने फाइनल अगस्ट एकमा विम्वलेमै हुनेछ ।

सेमिफाइनलमा भिड्न लागेका युनाइटेड र चेल्सीले सन् २०१८ को एफए कप फाइनल खेलेका थिए । जुन सिजनमा चेल्सी विजेता बनेको थियो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ६ : ५० बजे

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार