चार लाखको गुणस्तरहिन खाद्य सामग्री नष्ट | Khabarhub Khabarhub

चार लाखको गुणस्तरहिन खाद्य सामग्री नष्ट


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – बन्दाबन्दीको समयमा बैतडीमा गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गरिएको पाइएको छ ।

बजार अनुगमन गर्दा करिब चार लाख बराबरको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरिएको छ ।

जिल्लास्थित सरोकारवालाको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा तीन लाख ७६ हजारको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मायादेवी जोशीले जानकारी दिइन् ।

जिल्लाका पाँच स्थानीय तहका करिब एक दर्जन बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको सामग्री बरामद गरी नष्ट गरिएको उनले बताइन् ।

गत जेठ ३२ गतेदेखि शुरु भएको अनुगमन दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, सूर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाका बजारमा सम्पन्न भएको हो ।

जिल्लाका अन्य स्थानीय तहमा रहेका बजारमा पनि निरन्तर अनुगमन गरिने जनाइएको छ । यस्तै अनुगमनका क्रममा चार जनालाई जरिवानासमेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।

अनुगमन टोली पुग्ने बित्तिकै पसल बन्द गर्ने तथा जफत गरेको सामान पुनः बिक्री गर्न पाउनुपर्ने भन्दै टोलीमाथि दूर्व्यवहार प्रयास गर्नेहरुलाई एक हजारदेखि तीन हजार ५०० जरिवाना गरिएको उनले बताइन् ।

म्याद नाघेका अखाद्य सामग्री बिक्री वितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको छ । यसका साथै उपभोक्ता अधिकारका विषयमा व्यापारी र नागरिकलाई सचेत गराउन बजार अनुगमनमा तीव्रता दिइएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिए ।

धेरै ठाउँमा पिठो, सोयाबडी, पत्रुखानालगायत अन्य खाद्यान्न सामग्रीसमेत म्याद नाघेका पाइएकाले बरामद गरी नष्ट गरिएको लेखकले जानकारी दिए ।

यस्तै दर्ता नभएका पसललाई दर्ता गर्न आग्रह गरिएको छ भने सामान खरिद बिक्री गर्दा मिति हेरेर मात्र खरिद बिक्री गर्न टोलीले आग्रह गरेको छ । अझै पनि उपभोक्ता तथा व्यापारीमा सचेतना नभएका कारण म्याद नाघेका सामग्रीको बिक्री वितरण हुँदै आएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ८ : ३९ बजे

आज तरकारी र फलफूलको थोक मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

कार्नीले सम्हाले क्यानडाको सत्ता

क्यानडा – अर्थशास्त्री मार्क कार्नीले क्यानडामा नयाँ प्रधानमन्त्रीको रूपमा सत्ता

कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न

दुनाटपरीले प्लाष्टिकजन्य वस्तुलाई विस्थापित गर्दै

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुनाटपरी उत्पादन सुरु गरिएको

रोहितको सफल नेतृत्वले क्रिकेटमा भारतको दबदबा

च्याम्पियन्स ट्रफीको केही समय अघि अस्ट्रेलियासँगको टेस्ट शृङ्खलामा रोहित शर्माको