सर्लाहीको धनकौलमा गोली चल्दा १२ जना घाइते « Khabarhub

सर्लाहीको धनकौलमा गोली चल्दा १२ जना घाइते


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाहीको धनकौल गाउँपालिका – ३ मा गोली चल्दा १२ जना घाइते भएका छन् ।

नेकपा कार्यकर्ताको ट्याक्टरले कांग्रेस कार्यकर्ताको मोटरसाइकललाई बाटो नछाडेको निहुँमा राति साढे ८ बजेतिर भएको झडपमा गोली चल्दा छर्रा लागेर १२ जना घाइते भएको प्रदेश नम्बर २ का डीआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।

बाह्र बोरको बन्दुकको छर्रा लागेर घाइते भएका उनीहरू सबैको अवस्था सामान्य रहेको सिंहले जानकारी दिए ।

सामान्य विवादले उग्ररूप लिएपछि भेला भएका दुबै पार्टीका करिव एक/एक सय जनाको भीडलाई तितरवितर पार्न प्रहरीले पनि ५ राउण्ड हवाइ फायर गरेको उनले जानकारी दिए ।

 ‘सामान्य विषयबाट सुरू भएको विवादले उग्ररूप लिएपछि प्रहरीले केही राउण्ड टियर ग्याँससहित ५ राउण्ड हवाइ फायर गरेको हो, त्यही भीडबाट पनि गोली चलेर त्यसको छर्राले १२ जना घाइते भएका छन्,’ सिंहले खबरहबसँग भने,’ गोली चलाएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएका छौँ ।’

सिंहकाअनुसार गोली चलाएको आशंकामा स्थानीय मुकेश शाहलाई पक्राउ गरिएको छ ।

जिल्लाको धनकौल गाउँपालिकासँगै सीमा जोडिएको रामनगर गाउँपालिका ४ का नेकपा कार्यकर्ता रामजनम रायको गत असार ७ गते हत्या भएपछि सोही विषयलाई लिएर दुई पार्टीबीच तिक्तता बढेको र सामान्य विषयमा पनि विवाद बढ्दै जान थालेको डीआइजी सिंहले जानकारी दिए ।

७ गते हत्या भएका रायको विवाद भएपछि अहिलेसम्म अन्तिम संस्कार हुन नसकेको उनले बताए ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : ३३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना