सरसफाइमा कार्यरत श्रमिकलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण | Khabarhub Khabarhub

सरसफाइमा कार्यरत श्रमिकलाई व्यक्तिगत सुरक्षा सामग्री वितरण


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइमा कार्यरत श्रमिक कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा कवच(पिपिई) प्रदान गरिएको छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) ले एशिया मोनिटर रिसोर्स सेन्टरको सहयोगमा ललितपुरस्थित किष्ट टिचिङ अस्पताल, पाटन अस्पताल र सर्बाङ अस्पतालका ३२ जना श्रमिक कर्मचारीलाई पिपिई हस्तान्तरण गरेको हो ।

कोभिडको सङ्क्रमणबाट खासगरी स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइमा कार्यरत कर्मचारी, श्रमिक बढी जोखिममा रहने भएकाले स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको सिफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताए ।

अमेरिका, नर्वे, जापान, कोरिया, मलेसिया, फिलिफन्स आदि देशले कोभिड­ १९ महामारीलाई व्यावसायजन्य रोग वा कार्यस्थलमा लाग्ने रोगको रुपमा पहिचान गरी आवश्यक क्षतिपूर्तिको व्यवस्था गरिसकेको अवस्थामा नेपालमा पनि खासगरी अग्रपङ्तिका अति आवश्यकीय सेवामा कार्यरत, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइ कर्मचारीहरु कोभिडको कारण विरामी भएका वा विरामी भई उचपाररत रहेका वा मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था हुनपर्नेमा उनले जोड दिए ।

श्रमीकहरुलाई व्यावसायजन्य सुरक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी रोजगारदाता कम्पनी तथा निकायहरुको हुने श्रम ऐन २०७४ एवं श्रम नियमावली २०७५ मा व्यवस्था रहेपनि अहिले कोभिडको महामारीको बेला अधिकांश निकायहरुले व्यक्तिगत सुरक्षा कवचको प्रबन्ध गर्न सकेका छैनन् ।

बन्दाबन्दीको सहजतासँगै काममा फर्किदै गर्दा अपनाउनुपर्ने सम्पूर्ण पूर्व सावधानीहरु जस्तै आवश्यक सुरक्षा कवच, स्यानिटाइजर, सामाजिक एवं भौतिक दूरीको कडाइका साथ पालनासँगै कार्यस्थललाई निसङ्क्रमित र सरसफाइ गर्ने र यान्त्रिक उपकरण एवं औजारहरुको पूर्ण परीक्षण गर्न गराउन जरुरी हुन्छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १२ : ३० बजे

प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

 काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आगामी १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार

सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक 

काठमाडौं– कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य

युक्रेन युद्धविरामका लागि पुटिनलाई दबाब दिन विश्व नेताहरूलाई आग्रह

 एजेनसी– बेलायतका प्रधानमन्त्री किर स्टार्मरले युक्रेनलाई ‘शान्तिको पक्ष’ भनेर प्रशंसा

समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो : महासचिव पोखरेल

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले

गोर्खा ट्रेल ब्लेजरको उपाधि लिम्बू र सेर्मालाई

धरान– आज सम्पन्न तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुल्ला