पूरा भएन चाबहिल उत्तरपूर्वका सडक « Khabarhub

पूरा भएन चाबहिल उत्तरपूर्वका सडक


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वर्षा लागेसँगै चावहिलबाट उत्तरपूर्व लाग्ने सडकमा पानीको पोखरी जमेपछि आवागमनमा समस्या हुन थालेको छ ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारका लागि ठेक्का गरेको छ वर्ष वितिसक्दा पनि काम पूरा हुन सकेको छैन ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक यातायात बन्द रहेकाले बाइकमा हिँड्दा हिलाम्य हुन बाध्य हुनुपरेको रामचन्द्र पुडासैनीले गुनासो गरे ।

सडककै कारण घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्यमा यात्रा गर्न बाध्य हुनुपरेको उपभोक्ताको गुनासो छ । तीन तहको सरकार बनेको तीन वर्ष पूरा भएपनि राजधानीको मुख्य भागका समस्या समाधान हुन नसकेको जोरपाटीका मङ्गले तामाङ बताउँछन्।

चावहिल–बौद्ध–जोरपाटीको सडकबीच भागमा कालोपत्र सकिएको छ । दायाँबायाँ ढल विच्छ्याउने लगायतका काम भने सकिएको छैन । जोरपाटीबाट साँखुतिरको सडकका आधादर्जन स्थानमा सडक सीमाको विवाद रहेको आयोजनाले जनाएको छ ।

यस्तै समस्या जोरपाटीबाट सुन्दरीजलतिरको सडकमा पनि छ । समस्या समाधानका लागि यी सडकमा पर्ने तीनवटा स्थानीय तहले समेत काम गर्न नसकेको स्थानीयवासीको दुःखेसो छ । यस क्षेत्रमा काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका पर्छन् ।

सडक निर्माणमा आइपरेका विभिन्न समस्याका कारण चावहिलबाट उत्तरपूर्व जाने सडक पूरा हुन नसकेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरुप्रसाद अधिकारी लामो समयपछि बिजुली पोलको समस्या समाधान भए पनि विस्तार गर्ने स्थानका मानिस अदालतमा मुद्दा लिएर गएकाले काम गर्न नसकिएको बताउँछन् ।

विवादका कारण ढिला भएको सडक बन्दाबन्दी शुरु भएपछि भने निर्माण सामग्री नपाएरै काम हुन नसकेको उनले बताए ।

उत्तरपूर्व आउन वैकल्पिक सडकका रुपमा प्रयोग हुँदै आएको चुच्चेपाटी–तीनचुले–आरुबारी हुँदै गोकर्णेश्वर महादेव मन्दिर निस्कने बाटोसमेत जीर्ण छ ।

मित्रपार्कबाट गुह्येश्वरी हुँदै वाग्मती नदी किनारबाट जोरपाटी नारायणटार निस्कने सडकको अवस्था पनि उस्तै छ । यस क्षेत्रमा गुड्ने विभिन्न प्रयोजनका पानीको ट्याङ्करका कारणसमेत सडक विग्रने गरेको छ ।

वर्षा सकिएपछि जहाँ जहाँ जति जति सडक उपलब्ध हुन्छ, त्यतिमै कालोपत्र गर्ने गरी तयारी भइरहेको छ । उपलब्ध सडकमा मङ्सिरसम्ममा कालोपत्र गरिसक्ने आयोजनाको लक्ष्य छ ।

आयोजनाले सडक बनाउने स्थान खाली नभइ ठेक्का गरेका कारण राम्रो भएका स्थानको सडकसमेत निर्माण शुरु भएपछि बिग्रिएको छ । सडकको दूरावस्थाका कारण सवारी दुर्घटनासमेत बढ्ने गरेको छ । सडकमा बनेको हिलो पोखरीमा बाइक पल्टने गरेका छन् ।

सवारीले हिलो छ्यापेर पैदलयात्रीलाई सास्ती हुने गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  २ : ५७ बजे

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ