इरानद्वारा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, ‘रेड नोटिस’ जारी गर्न इन्टरपोललाई आग्रह « Khabarhub

इरानद्वारा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, ‘रेड नोटिस’ जारी गर्न इन्टरपोललाई आग्रह


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न ट्रम्पसहित ३० जनाभन्दा बढीलाई पक्राउ गर्न इरानले इन्टरपोलको सहयोग समेत मागेको छ।

गत जनवरी ३ मा इराकी राजधानी बगदादमा ड्रोन आक्रमण गरी सुलेमानीको हत्या गरिएको थियो।

उनको हत्यामा संलग्नहरुलाई ‘हत्या र आतंकवाद’ को आरोप लगाइएको एक सरकारी वकिल अली अलकासिमेरको भनाइ उद्धृत गर्दै इरानीको आईएसएनए न्युजले जनाएको छ।

यद्यपि पक्राउ पुर्जी जारी गरिएहरुमा ट्रम्पबाहेक अन्यको नाम अलकासिमेरले खुलाएका छैनन्। इन्टरपोलले यससम्बन्धी प्रतिक्रिया दिइसकेको छैन।

इरानले ट्रम्पविरुद्ध रेड नोटिस जारी गर्न समेत इन्टरपोललाई आग्रह गरेको अलकासिमेरले बताएका छन्। रेड नोटिस कुनै पनि आरोपितलाई पक्रिन इन्टरपोलले जारी गर्ने सबैभन्दा उच्चस्तरीय सूचना हो।

कुनै मुलुकले कुनै व्यक्तिलाई पक्रिन रेड नोटिसका लागि आग्रह गरिसकेपछि इन्टरपोलको बैठकले सूचना जारी गर्ने वा नगर्ने निर्णय गर्छ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ५ : ३४ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र