राष्ट्रपतिबाट पाँच विधेयक प्रमाणीकरण « Khabarhub

राष्ट्रपतिबाट पाँच विधेयक प्रमाणीकरण


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छिन ।

राष्ट्रपति भण्डारीले आज आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

त्यस्तै राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक र केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई प्रतिस्थापन गर्न बनेको विधेयक उनले प्रमाणीकरण गरेकी हुन ।

राष्ट्रपति कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक नेपालको संविधानको धारा १३३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको उल्लेख छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ७ : १६ बजे

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ