मकवानपुर गढीमा सलहले सखाप पार्‍यो मकै बाली « Khabarhub

मकवानपुर गढीमा सलहले सखाप पार्‍यो मकै बाली


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बारा र पर्सा हुँदै भित्रिएको सलहले मकवानपुरको गढीमा साेमबार एक हजार हेक्टर जमिनको मकै खेती सखाप पारेको छ ।

हालसम्मको प्रारम्भिक विवरणअनुसार १२  जिल्लामा सलहले क्षति पुर्‍याएको सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिए ।

‘आइतबार र सोमबार मकवानपुरगढी गाविस क्षेत्रको झन्डै एक हजार हेक्टर जमिनमा लगाएको मकैमा क्षति पुर्‍याएको विवरण प्राप्त भएको’ सुवेदीले खबरहबसग भने ।

गत शनिबार बिहान भारतबाट नेपाल प्रवेश गरेका सलह सोमबारसम्म पर्सा, चितवन, मकवानपुर, सिन्धुली, काभ्रे, रुपन्देही, पूर्वी नवलपरासी, कास्की, पाल्पा, कपिलवस्तु, गोरखा लगायतका जिल्लामा देखिएका छन् ।

त्यस्तै झुन्डबाट छुटिएर ५०/६० वटा सलह १५ जिल्लामा हावाको वेगले पुर्‍याएकाे जनाइएको छ । ‌साथै आइतबार साँझ कपिलबस्तुमा ठूलाे समुहमा सलह भित्रिएका थिए ।

जुन अहिले छुटिएर अर्घाखाँची र दाङतिर समेत पुगेको छ । अन्य स्थानमा पुगेका सलहले क्षति नपुर्‍याए उनले बताए ।

शनिबारदेखि सलह आएपनि अहिलेसम्म त्यसको न्यूनीकरण भने गर्न सकिएकाे छैन ।

‘जङ्गलमा बसिरहेको र माथि बाट विषादि छर्न सवारी साधा नभएकाले अहिलेसम्म यसको न्यूनीकरण गर्न सकिएकाे छैन ।’

विषादी छर्न प्राविधिकहरु तयारी अवस्थामा रहे पनि रुखका टुप्पामा बसेकाले स्प्रेको एक्सन गर्न नसकिएको सूचना केन्द्रका प्रमुख सुवेदीले बताए ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ८ : २८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी