निजामती विधेयकमा कांग्रेसको सातबुँदे फरक मत « Khabarhub

निजामती विधेयकमा कांग्रेसको सातबुँदे फरक मत


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा प्रमुख प्रतिपक्षी कांग्रेसले फरक मत पेस गरेको छ ।

समितिबाट सोमबार बहुमतले पारित भएको विधेयकमा कांग्रेसले सातबुँदे फरक मत पेस गरेको हो । कांग्रेसका सांसदहरू दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, डिला संग्रौला र अमरेशकुमार सिंहले लिखित फरक मत पेस गरेका हुन् ।

सांसद बडूका अनुसार निजामती विधेयकको परिभाषा खण्डमा नै कांग्रेसको फरक मत छ । उनले समायोजन भएर प्रदेश र स्थानीय तहमा पठाइएका कर्मचारीलाई पनि संघीय सेवा अन्तर्गत ल्याउनुपर्ने माग गरिएको बताए ।

त्यस्तै, संघीय सेवाको पदपूर्तिमा बढुवामा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था कायम राख्नुपर्ने, स्थायी कर्मचारीलाई खुला र आन्तरिक प्रतिस्पर्धामा उमेर हद हटाउनुपर्ने, निवृत्तिभरण नपाउने व्यवस्था हटाउनुपर्ने माग गरिएका छन् ।

यसैगरी निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनबारे सरकारले प्रस्ताव गरेको विधेयकको व्यवस्था नै कायम गर्नुपर्ने, साविकको घरेलु तथा साना उद्योग विकास समिति र दुर्गम क्षेत्र विकास समितिका कर्मचारीलाई पनि निजामती सेवामा समेट्नुपर्ने र निजमती सेवा नियमावली, २०४९ अनुसार कर्मचारीले खाइपाइ आएको सुविधा यथावत हुनुपर्ने कांग्रेसको माग छ ।

 

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ८ : ५० बजे

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ