आईएसआई समर्थित आतंककारी समूह नेपालमा भारत विरोधी गतिविधिमा सक्रिय « Khabarhub

आईएसआई समर्थित आतंककारी समूह नेपालमा भारत विरोधी गतिविधिमा सक्रिय


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  पाकिस्तानको इन्टर-सर्भिस इन्टेलिजेन्स समूहले समर्थन गरेको आतंककारी समूह नेपालमा सक्रिय रहेको सण्डे गार्जिएन लाइभले जनाएको छ ।

उक्त समूहले नेपालमा भारत विरोधी गतिविधि सञ्‍चालन गरिरहेको समाचारमा उल्लेख छ । आईएसआईले नेपाली भूमिको प्रयोग गरी लामो समयदेखि भारत विरोधी गतिविधि सञ्‍चालन गरेको जनाइएको छ ।

स्रोतलाई उद्धृत गर्दै पछिल्लो नेपाल-भारत सीमा समस्या हुनुअघिदेखि नै यस्ता गतिविधि हुँदै आएको बताइएको छ ।

“पाकिस्तानले भारतविरुद्ध नेपाललाई एक मोहराका रुपमा प्रयोग गरिरहेको छ । केही आईएसआईका प्रतिनिधिहरु नेपाली सेनामा पनि रहेका छन्,” स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ ।

नेपाल-भारत सीमा क्षेत्रमा आईएसआई समूहको उपस्थिति बढेको समेत बताइएको छ ।

सन् १९५० को शान्ति तथा मैत्रीसन्धि अनुसार नेपाल-भारतका नागरिकहरु खुला सिमानाका कारण निर्वाध एकअर्को मुलुक आवतजावत गर्ने गरेका छन् ।

केही समयअघि अवैधरुपमा नेपालमा बसिरहेको भन्‍ने सूचनाका आधारमा केही पाकिस्तानी नागरिकहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको सम्पर्क पाकिस्तानी आतंकवादी समूहसँग भएको पाइएको थियो ।

अतिवादी र जिहादीहरु पनि नेपालमा लुकेर बसिरहेको भन्‍ने विभिन्न‍ पटक नेपालमाथि आरोप लाग्‍ने गरेको समाचारमा जनाइएको छ  । पाकिस्तानले नेपालस्थित कुटनीतिक मिसनलाई गतलरुपमा प्रयोग गरिरहेको समेत बताइएको छ ।

यसैबीच नेपालबाट गएका भनिएका एक व्यक्ति सोमालियाका सुरक्षा फौज र मुस्लिम अतिवादी समूह अलसबाबबीचको गोलाबारीमा मारिएका छन् ।

सोमालियाको राष्ट्रिय रेडियोले गत बिहीबार भएको कारबाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको बताएको छ।

सरकारी रेडियोका अनुसार मारिएका हमदान नेपालबाट गएका हुन् । उनी उक्त इस्लामिस्ट समूहका वरिष्ठ प्रशिक्षक भएको बताइएको छ ।

हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्सले पनि लेखेको छ । हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन् ।

सोमालियाको केन्द्रीय सरकारलाई हटाएर आफ्नै मुस्लिम सरिया कानुनसहितको शासन स्थापना गर्न अलसबाब सन् २००८ देखि युद्धमा छ ।

त्यति टाढाको युद्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलासा भइसकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको सम्बन्धित स्रोतले जानकारी दिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ८ : ०० बजे

प्रचण्डले जितेको गोरखा २ बाट एमालेले चक्रे मिलनलाई अघि सार्‍यो

काठमाडौं- गोरखा क्षेत्र नं–२ बाट फागुन २१ गतेको प्रतिनिधि सभाको

पदमार्गले जोडिए व्यास र बन्दीपुरका घरबास

डुम्रे– पदमार्गले तनहुँका दुई पालिकाका घरबास (होमस्टे) जोडिएका छन् ।

मिर्गौला पीडितहरूद्वारा सहयोगको याचना

गलकोट– मिर्गौलामा समस्या देखिँदा मनिषा १७ वर्षकी थिइन् । उनी

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

नारायणगढ– हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष