कोरोना भाइरस : विश्वभर १ करोड ६८ लाखभन्दा बढीमा संक्रमण « Khabarhub

कोरोना भाइरस : विश्वभर १ करोड ६८ लाखभन्दा बढीमा संक्रमण


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ६८ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ४७ हजार ४४२ जनामा संक्रमण देखिएको छ । योसँगै बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ६८ लाख ८३ हजार ६४५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म निको हुने संक्रमितको संख्या १ करोड ४ लाख ४५ हजार ७६४ छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ६२ हजार ४७३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ६७ जनाको मृत्यु भएको छ । २८ लाख १५ हजार १६६ जना संक्रमित भएकोमा १६ लाख ८९ हजार ५८३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख ११ हजार ६२० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ५२ लाख ६९ हजार २७८ पुगेको छ । त्यसमध्ये २६ लाख ६६ हजार ३२१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ९२ हजार ७२१ जनाको मृत्यु भएको छ । ४० लाख ४७ हजार २६० जना संक्रमित भएकोमा २९ लाख ३८ हजार ६४५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ३७ हजार २८८ जनाको मृत्यु भएको छ । ३८ लाख ५५ हजार ५९८ जना संक्रमित भएकोमा २६ लाख १० हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १८ हजार ४५० जनाको ज्यान गएको छ भने ८ लाख ७७ हजार ५९३ संक्रमित छन् । संक्रमितमध्ये ५ लाख २७ हजार ८२१ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १८९ जनाको मृत्यु भएको छ । १७ हजार ३३ जना संक्रमित भएकोमा १० हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : ४४ बजे

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

काठमाडौं–  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले