अगष्ट १ बाट नेपालसहितका २० देशको उडान खुला गर्ने कुवेतको निर्णय « Khabarhub

अगष्ट १ बाट नेपालसहितका २० देशको उडान खुला गर्ने कुवेतको निर्णय



दोहा – कोरोना भाइरसको महामारीपछि हवाइ उडान बन्द गरेको कुवेतले अगष्ट १ बाट नेपालसहितका २० देशको अन्तर्राष्ट्रिय उडान सुचारू गर्ने निर्णय गरेको छ ।

नागरिक उड्डयन निर्देशनालयका अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालित एयरलाइन्सले नेपालसहित युएई, बहराइन, ओमान, लेबनान, कतार, जोर्डन, इजिप्ट, बोस्निया उडान गर्नेछन् ।

यसैगरी हर्जेगोविना, श्रीलंका, पाकिस्तान, इथियोपिया, संयुक्त अधिराज्य, टर्की, इरान, स्विजरल्याण्ड, जर्मनी, अजरबैजान, फिलिपिन्स र भारतमा उडान गर्ने कुवेतको हवाई परिवहन यातायात विभागका निर्देशक अब्दुल्लाह अल-राजीले जानकारी दिएका छन् ।

एयरलाइन्सहरुको समय तालिका र उडान समय पनि यथाशक्य छिटो घोषणा गरिने जनाइएको छ । उडानमा गर्ने सबै यात्रुहरूलाई स्वास्थ्य प्रक्रिया र निर्देशनहरू पालना गर्न आह्वान गरिएको छ ।

कुवेतमा कार्यरत नेपाली श्रमिकहरुले घर फिर्तीको लागि टिकट नपाएको तथा पाए पनि महँगोमा टिकट खरिद गर्नु परेको गुनासो गरिरहेको बेला कुवेतले उडान सूचारु गर्न लागेपछि सहज हुने अपेक्षा गरिएको छ । कुवेतमा करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेको बताइन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : १३ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६