थाहा पाउनुहोस रक्तअल्पताका लक्षण र उपचार | Khabarhub Khabarhub

थाहा पाउनुहोस रक्तअल्पताका लक्षण र उपचार


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरमा कहिले काहिँ थकाई लाग्नु वा कडा मेहनतपछि शरीर गल्नु स्वभाविक हो । तर बिना परिश्रम पनि शरीर गल्छ वा थकाई लाग्छ भने यो रक्तअल्पताको लक्षण हो ।

रक्तअल्पताको समस्या भएमा थकाई लाग्नु, सास फेर्न गाह्रो हुने हुन्छ । तर धेरै मानिस हत्तपत्त रक्तअल्पता भएको थाहा पाउदैन । यसका लागी रक्तअल्पताको लक्षणहरु बुझ्न आवश्यक हुन्छ ।

रक्तअल्पताको लक्षण

रक्तअल्पता हुदाँ रगतले अक्सिजन शरीरका अन्य ठाउँमा पु¥याउँन सक्दैन । तसर्थ थोरै हिँड्दा पनि थकाइ लाग्ने गर्दछ ।

स्वास फुल्ने गर्दछ । चक्कर लाग्छ मुटुको ढुकढुकी बढ्ने, अल्छि लाग्ने हुन्छ । वाकवाक लाग्ने, खान मन नलाग्ने पनि रक्तअल्पताको नै लक्षण हो ।

रक्तअल्पताको समस्या बढ्दै गएमा अनुहार र छालाको रङ फुस्रो देखिन थाल्छ । रक्तअल्पता भएपछि रोगसँग लड्ने क्षमता घटेर जान्छ । बिस्तारै मानिस शिथिल हुन्छ ।

कसलाई हुन्छ रक्तअल्पता ?

रक्तअल्पताको समस्या विशेषगरी महिला त्यसमाथि गर्भवतीमा बढी हुने गर्दछ । यो युवती, किशोरी र बालिकामा देखा पर्न सक्छ । यस अलावा पुरुषमा पनि रक्तअल्पताको समस्या हुनसक्छ ।

रक्तअल्पताका कारणले गर्भको शिशुलाई असर पार्दछ । रक्तअल्पता हुदाँ कम तौलको बच्चा जन्मने, बच्चा जन्माउन गाह्रो हुने र आमा र बच्चा दुबैको मृत्यु पनि हुनसक्छ । मातृ मृत्युदरमा रक्तअल्पता पनि प्रमुख कारणहरुमा पर्दछ ।

रक्तअल्पताबाट बच्ने उपाय

– रक्तअल्पताबाट बच्नका लागि प्रोटिनयुक्त खानाको प्रयोग बढाउनु पर्दछ ।
– भिटामिन बी, फोलिक एसिड र आइरनयुक्त खानेकुराको खानु पर्दछ ।
– मासु, भटमास, दाल, राजमा, बोडी सेवनले पनि रक्तअल्पताबाट बचाउँछ ।
– फलामको भाडामा पकाएर खाने वानी बसाउनु पर्दछ ।
– घिउ, चाकू, शखरखण्ड, जौ, कागतीले पनि रक्तअल्पताबाट बचाउँछ ।
– साग, सिस्नो, गिठ्ठा, भ्याकुर, कोदो, फापरको प्रयोगले पनि रक्तअल्पताबाट बच्न सकिन्छ ।
– गर्भवती महिलाले चिकित्सकको परामर्शमा आइरन चक्कीको प्रयोग गर्नु पर्दछ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : ५५ बजे

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन

तनहुँमा एक पुरुष मृत फेला

तनहुँ – यहाँको व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका