रियाले दिएकी थिइन् धम्की, सुशान्तका पिताले लगाए यस्तो आरोप « Khabarhub

रियाले दिएकी थिइन् धम्की, सुशान्तका पिताले लगाए यस्तो आरोप


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतका पिताले रिया चक्रवर्ती र उनको परिवारका विरुद्ध उजुरी दिएका छन् । साथै उनले रियामाथि गम्भीर आरोप लगाएका छन् ।

सुशान्तका पिताले आफ्नो स्टेटमेन्टमा भनेका छन्, ‘मेरो छोरा सुशान्तले फिल्म क्षेत्र छोडेर केरलामा अर्गानिक खेती गर्न चाहन्थे, उसको साथ महेश पनि जानका लागि तयार थिए, तर रियाले यो कुराको विरोध गरेकी थिइन् ।’

सुशान्तका पिताले रियाले सुशान्तलाई आफ्नो कुरा नमाने मेडिकल रिपोर्ट दिने र सुशान्त पागल भएको बताउने धम्की दिएको पनि आरोप लगाएका छन् ।

उजुरीमा सुशान्तका पिताले सुशान्तले आफ्नो कुरा नमानेको र बैंक ब्यालेन्स पनि कम भइरहेका बेला सुशान्तलाई छोडेको बताएका छन् ।

‘रिया सुशान्तका साथ रहेकी थिइन्, उनी ८ जुनमा सुशान्तको घरबाट सारा सामान, ल्यापटप, क्रेडिट कार्ड र उनका पिन नम्बर र औषधिका सारा सामान लिएर गएकी थिइन्,’ उनले उजुरीमा भनेका छन् ।

रियाले आफ्नो फोन सुशान्तको फोनमा ब्लक गरिदिएको पनि उनले आरोप लगाएका छन् ।

‘रियाले मलाई कहीँ फसाउँछे, ऊ यहाँबाट धेरै सामान लगेर गएकी छ भन्दै मलाई छोराले फोन गरेको थियो,’ उनले भनेका छन ।

रिया गएपछि सुशान्त निकै तनावमा रहेको पनि सुशान्तका पिताले बताएका छन् । उनले रियाका कारण आफ्ना छोराले आत्महत्या गरेको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १२ : १४ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर