‘केजीएफ २’ को नयाँ पोस्टर रिलिज, सञ्जय दत्तको दमदार लूक « Khabarhub

‘केजीएफ २’ को नयाँ पोस्टर रिलिज, सञ्जय दत्तको दमदार लूक


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – ‘केजीएफ’ को अपार सफलतापछि फिल्मको दोस्रो च्याप्टर प्रतीक्षित बनेको छ । फिल्ममा अझ सञ्जय दत्त पनि हुने भएपछि फ्यानको पर्खाइ हुने नै भयो ।

फिल्ममा सञ्जय दत्त खलनायकको भूमिकामा देखिनेछन् । आज सञ्जयको जन्मदिनमा ‘केजीएफ’ टिमले सञ्जयलाई प्रस्तुत गरिएको फिल्मको लूक सार्वजनिक गरेको छ ।

सञ्जयले ट्वीट गरेर आफ्नो अधिरा लूक सार्वजनिक गरेका छन् ।

सञ्जयले ट्वीट गर्दै लेखेका छन् – यो फिल्ममा काम गर्नु मेरो लागि खुशीको कुरा हो, योभन्दा उत्कृष्ट जन्मदिनको गिफ्ट अरु हुन सक्दैनथ्यो ।

पोस्टरमा सञ्जय दत्तको कपालको स्टाइलदेखि अनुहारमा बनाइएको ट्याटु देख्न सकिन्छ । जसले दर्शकको थप ध्यान खिच्न सफल भएको छ ।

सन् २०१८ मा प्रदर्शनमा आएको फिल्म ‘केजीएफ’ ले नेपालमा समेत ५१ औं दिन मनाएको थियो । बक्स अफिसमा फिल्मले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

फिल्ममा शीर्ष भूमिकामा साउथका सुपरस्टार यश छन् । यो फिल्मपछि यशको पनि माग बढिरहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १२ : ५६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने