क्रिकेटर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ « Khabarhub

क्रिकेटर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

सानेपास्थित स्टार अस्पतालमा गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको उनका सहयोगी रमन सिवाकोटीले जानकारी दिए।

सिजनको क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न जानुअघि सन्दीपले कोरोनाको परीक्षण गराएका हुन्। सीपीएल खेल्न जान आफ्नो देशमा कोरोना नलागेको प्रमाण देखाउनुपर्छ। सोही अनुसार सन्दीपले मंगलबार परीक्षण गराएका थिए।

सीपीएलका लागि सन्दीप बिहीबार कोरियन एयरको चार्टर्ड विमानबाट ट्रिनिडाड एन्ड टोबागो जाँदैछन्।

ट्रिनिडाड पुगेलगत्तै उनी दुई साताको क्वारेन्टिनमा बस्नेछन्। यो बीचमा उनको दुईपटक कोरोना परीक्षण गर्नुपर्छ। दुबै नतिजा नेगेटिभ आए मात्र उनी खेल्न पाउनेछन्।

सन्दीप यस सिजनको सीपीएलका लागि जमैका तल्लावाहजमा अनुबन्धित छन्। उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (एक करोड ५६ लाख रूपैयाँ)मा अनुबन्ध गरेको हो।

उनी उक्त टिमको मार्की खेलाडी हुन्। सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सीपीएल खेलिसकेका छन्। सीपीएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ।

सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्।

सीपीएलमा कुल ३३ खेल हुने छन्। कोरोना भाइरसका कारण ती सबै खेल बिनादर्शक खेलाइने छन्।

सन्दीप तेस्रो पटक सीपीएल खेल्दैछन्। उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो।

उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए। यस्तै दोस्रो पटक सीपीएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेले। उनले छ खेलमा आठ विकेट लिएका थिए। गत वर्ष ७० हजार अमेरिकी डलर उनले पारिश्रमिक पाएका थिए।

यस वर्षको सीपीएलका लागि सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ। सीपीएलका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  २ : २३ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका