राखेपको उपाध्यक्षमा कोइराला र सदस्यसचिवमा सिलवालले लिए सपथ « Khabarhub

राखेपको उपाध्यक्षमा कोइराला र सदस्यसचिवमा सिलवालले लिए सपथ


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद(राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेशकुमार सिलवालले पद तथा गोपनियताको शपथ लिएका छन्।

बुधबार युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा ओहदाको प्रमाणपत्र लिँदै उपाध्यक्ष कोइराला र सदस्यसचिव सिलवालले मन्त्री जगत बहादुर विश्वकर्माबाट शपथ लिएका हुन्।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार उपाध्यक्ष र सदस्यसचिव चयन गरेको हो। २०७६ साल असार २३ गते पहिलोपटक राखेप सदस्य सचिव सिलवाल नयाँ ऐन कार्यनयनमा भएको व्यवस्था अनुसार पदमुक्त भएका थिए।

नयाँ ऐनले २०४८ सालको खेलकुद ऐन अनुसार राखेपमा रहेका पदाधिकारी पदमुक्त हुने उल्लेख छ। जस अनुसार असार १७ गतेदेखि ऐन कार्यनयन भएपछि राखेप कार्यकारी सदस्य सचिव विहीन भएको थियो।

यसबीचमा राखेपको कार्यवाहक सदस्य सचिवका रुपमा मन्त्रालयका सह सचिव भक्तबहादुर ढकालले काम गरेका थिए।

मन्त्रालयले कार्यविधि बनाइ मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा सदस्य सचिव सिफारिस समिति गठन गरेको थियो।

सिफारिस समितिले सिलवालसँगै लिल बहादु, थापा मगर र अन्जु श्रेष्ठलाई सिफारिस गरेको थियो। सदस्य सचिव सिलवालले आजबाटै राखेपबाट काम सुरु गर्नेछन्।

उपाध्यक्ष र सदस्य सचिवलाई नियुक्ति पत्र मन्त्रालयका सचिव थपलियाले प्रदान गरेका हुन्।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ३ : ४४ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण