बैठकको माग गर्दै नेकपा केन्द्रीय सदस्यको हस्ताक्षर अभियान « Khabarhub

बैठकको माग गर्दै नेकपा केन्द्रीय सदस्यको हस्ताक्षर अभियान


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका छन् ।

पार्टी आन्तरिक विवादमा फसेपछि नेतृत्वलाई दबाब दिन केन्द्रीय सदस्यहरु एकजुट भएका हुन् । आन्तरिक विवादले पटक पटक स्थायी कमिटी बैठक स्थगित भएपछि केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठक बोलाउन हस्ताक्षर नै संकलन गरेको नेता ठाकुर गरैले जानकारी दिए ।

अहिले १४० भन्दा बढीले लिखित हस्ताक्षर गरेका छन् । केन्द्रीय कार्यालयमा भेला भएका नेताले नेतृत्वलाई दबाब दिने बताएका छन् ।

केन्द्रीय समिति सदस्यहरुको भेला धुम्बाराहीमा भएको जानकारी दिँदै नेता गैरले भने, ‘पार्टी एकता जोगाउन हामी एकजुट हुँदैछौ । नेतृत्वलाई छाडा हुन दिँदैनौं । पार्टी एकताको मर्म अनुसार नेतृत्व अघि बढ्नुपर्छ ।’

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ०२ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ