सञ्जय दत्तका जीवनका केही रोचक किस्सा « Khabarhub

सञ्जय दत्तका जीवनका केही रोचक किस्सा


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सञ्जय दत्तको आज जन्मदिन हो । जन्मदिनको अवसर पारेर उनको अधिरा लूक सार्वजनिक गरिएको छ । सञ्जयलाई प्रतीक्षित फिल्म ‘केजीएफ २’ मा अधिराका रुपमा देख्न सकिनेछ । फिल्ममा उनले खलनायकको भूमिका निभाएका छन् ।

उनको जीवनमा आधारित फिल्म बनिसकेको छ । जानौं सञ्जयका जीवनका ५ रोचक किस्साः

सन् १९५९ जुलाई २९ मा जन्मिएका सञ्जय दत्तको पहिलो फिल्म ‘राँकी’ हो, जुन १९८१ मा रिलिज भएको थियो ।

फिल्म रिलिज भएपछि उनी कुलतमा फसे । उनी ड्रग्सको तलतलमा यसरी फसे कि, उनी नशा लिएर सुतेपछि कहिलेकाहीँ एकैपटक २ दिनपछि उठ्थे । एकपटक उनी हिरोइन खाएर सुते । भोक लागेपछि सञ्जय दत्त उठे । तर, छेउमै बसेका उनका नोकर रोए ।

उनले सोधे – किन रोएको ?

‘बाबा तपाईं दुई दिनपछि उठ्नुभएको छ,’ नोकरले भने ।

पछि उनलाई अमेरिका उपचार गर्नका लागि लगियो । पछि उनी ड्रग्सको दुनियाँबाट बाहिर आए ।

सञ्जय दत्त र रेखाको अफेअर पनि केही समयसम्म चल्यो । केही मिडियाले त रेखा र सञ्जयले बिहे गरेको समेत समाचार बनाए । दर्शकलाई लागेको थियो कि, रेखा र अमिताभ (बच्चन) को जोडी तोड्नका लागि यस्तो हल्ला फैलाइएको छ ।

देख्दा सामान्य देखिने सञ्जय दत्तको कैयन् अभिनेत्रीसँग नाम जोडिएको थियो । तीमध्ये माधुरी दीक्षितको विषयमा उनी गम्भीर थिए । पत्नी ऋचाको निधनले सञ्जय निकै दुःखी भए । त्यस दौरान उनले माधुरीसँग फिल्ममा काम गरिरहेका थिए ।

त्यतिबेला चर्चा चलेको थियो – यी दुवै निकै नजिक भएका थिए । दुवैले बिहे गर्ने फैसला पनि गरेका थिए । पछि सञ्जय जेलमा परे । माधुरीले पनि आफ्नो कदम पछि हटाइन् । तर, यो अफेअरको बारेमा माधुरी र सञ्जय दुवैले कहिल्यै पनि स्वीकारेनन् ।

सन् १९८६ मा राजेन्द्र कुमारले आफ्नो छोरा कुमार गौरवको करिअरको स्थिरता दिनका लागि फिल्म बनाए । जुन फिल्ममा सञ्जय दत्तलाई पनि लिइयो ।

तर, परिणाम उल्टो भयो । उक्त फिल्म सञ्जय दत्तको करिअरको टर्निङ प्वाइन्ट फिल्म बन्यो । सञ्जयको अभिनयबाट अमिताभ यति प्रभावित भए कि, उनले कुमार गौरव र सञ्जय दत्तलाई आफ्नो घरमा बोलाए र सुनको चेन उपहार दिए ।

सलमान खान सञ्जय दत्तका ठूला फ्यान थिए । ९० को दशकमा सलमानले सञ्जय दत्तको जस्तो कपालको स्टाइल बनाएका थिए । ‘साजन’ फिल्ममा दुवै एकसाथ देखिए । दुवैबीच राम्रो मित्रता पनि भयो । सञ्जयले नै सलमानलाई जिम जानका लागि प्रेरित गरे ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ५ : १७ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री