४२ वर्षपछि टीकापुरमा भारी वर्षा, कर्णाली नदीको बाढी खतराको नजिक « Khabarhub

४२ वर्षपछि टीकापुरमा भारी वर्षा, कर्णाली नदीको बाढी खतराको नजिक


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर- कर्णाली नदीमा बाढी खतराको नजिक पुगेको छ । जल तथा मौसम विज्ञान विभागले गरेको मापनअनुसार बिहान १०ः१५ बजे पानीको सतह १० मिटर नाघेको थियो । दश दशमलव आठ मिटरलाई खतरा मानिएको छ ।

अविरल वर्षा र कर्णालीमा बाढी बढेकाले जमरा र कुलरिया नदीमा पानी अत्यधिक बढेको छ । जमरा कुलरिया, चुरेबाट बगेको कान्द्रा, काडा, पथरैया, मोहना, कर्णाली नदी तटका बस्तीमा बाढीको खतरा बढेकाले नागरिकलाई सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रहसमेत गरेको छ ।

टीकापुरमा ३० घर भत्किए

अविरल वर्षाका कारण कैलालीमा हजारौँ घर डुबानमा परेका छन् ।

कैलालीको टीकापुर, भजनी, लम्की चुहा नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाका अधिकांश बस्ती जलमग्न भएका छन् । वर्षाका कारण टीकापुर नगरपालिकाका नौ वटै वडा डुबानमा परेका छन् ।

टीकापुर–१ स्थित जमरा नदीमा पानीको सतह बढेर बजार क्षेत्र पूरै डुबानमा परेको छ । त्यस्तै शिवनगर, चमेलीपुर र विजयनगर शिविरमा बाढी बस्ती पसेपछि ३० घर भत्किएका छन् ।

वडा नं २ को सीतापुर, वडा नं ५ शाहीपुर, सिम्रेनी, वडा नं ६ को भगवानपुर, प्रतिपुर, वडा नं ७ को बेलुवा, वडा नं ८ अर्नुवा, वडा नं ९ को खक्रौला गाउँमा सयौँ घर डुबानमा परेका छन् ।

जानकी गाउँपालिकाको वडा नं ३, ७, ८, ९ का सबै गाउँ डुबानमा परेका छन् । स्थानीय भोजबहादुर चौधरीका अनुसार भदौरे, धर्मापुर र अमरावती कुलामा पानीको सतह उच्च भएपछि जानकी गाउँपालिकाका बस्ती डुबानमा परेका हुन् । उता, जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन् । कान्द्रा र काँडा नदी सतहभन्दामाथि पुगेपछि जोशीपुरमा १,३,५,७ नं वडा डुबानमा परेका छन् ।

भजनी नगरपालिकाको वडा नं २ को मोहनपुर, वडा नं ३ को ढुसी गाउँ, वडा नं ५ को फुलियापुर गाउँमा बाढी पसेको छ । ढुसी गाउँको कान्द्रा नदीमा बनाइएको चेक ड्याम भत्काएर बाढी बस्तीमा पसेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए ।

भजनीको वडा नं २ र ३ मा काँढा नदीको बाढी र वडा नं ५ मा कान्द्रा नदी बढेर बाढी आउँदा मोहनपुर, ढुसी र काँडा गाउँमा सयौँ घर डुबानमा परेका छन् । नदीमा पानीको सतह बढ्दै गएको र गाउँ डुबान भइरहेकाले स्थानीय तहले सुरक्षित उपाय अवलम्बन गर्न आग्रह गरिरहेका छन् ।

स्थानीय तहले जोखिममा रहेका बस्तीलाई सार्न थालेका छन् । टीकापुरमा घर भत्किएका परिवारलाई अहिले छिमेकीको घरमा सारिएको छ भने भजनीमा जोखिममा रहेका बस्तीलाई सुरक्षित भवनमा सार्ने कार्य शुरु गरेको भजनीका नगरप्रमुख चौधरीले बताए ।

४२ वर्षपछि टीकापुरमा भारी वर्षा

पछिल्लो २४ घण्टामा कैलालीमा अविरल वर्षा भएको छ । वर्षाले यहाँका धेरै बस्ती डुबानमा परेका छन् । हजारौँ घरपरिवार प्रभावित भइकेका छन् ।

कच्ची घर भत्किन थालेका छन् भने बस्तीमा रुख पनि ढल्न थालेका छन् । अहिलेसम्म मानवीय क्षति भने भएको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार मङ्गलबार बिहान ८ः४५ देखि बुधबार बिहान ८ः४५ सम्म टीकापुर क्षेत्रमा २७१ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार टीकापुरमा मङ्गलबार राति तीन घण्टामा ११० मिलिमिटर वर्षा भएको छ ।

टीकापुरमा यसअघि सन् १९७८ जुलाई १८ मा एकैदिन ९८ .९ मिलिमिटर पानी परेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना