४२ वर्षपछि टीकापुरमा भारी वर्षा, कर्णाली नदीको बाढी खतराको नजिक « Khabarhub

४२ वर्षपछि टीकापुरमा भारी वर्षा, कर्णाली नदीको बाढी खतराको नजिक


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर- कर्णाली नदीमा बाढी खतराको नजिक पुगेको छ । जल तथा मौसम विज्ञान विभागले गरेको मापनअनुसार बिहान १०ः१५ बजे पानीको सतह १० मिटर नाघेको थियो । दश दशमलव आठ मिटरलाई खतरा मानिएको छ ।

अविरल वर्षा र कर्णालीमा बाढी बढेकाले जमरा र कुलरिया नदीमा पानी अत्यधिक बढेको छ । जमरा कुलरिया, चुरेबाट बगेको कान्द्रा, काडा, पथरैया, मोहना, कर्णाली नदी तटका बस्तीमा बाढीको खतरा बढेकाले नागरिकलाई सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रहसमेत गरेको छ ।

टीकापुरमा ३० घर भत्किए

अविरल वर्षाका कारण कैलालीमा हजारौँ घर डुबानमा परेका छन् ।

कैलालीको टीकापुर, भजनी, लम्की चुहा नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाका अधिकांश बस्ती जलमग्न भएका छन् । वर्षाका कारण टीकापुर नगरपालिकाका नौ वटै वडा डुबानमा परेका छन् ।

टीकापुर–१ स्थित जमरा नदीमा पानीको सतह बढेर बजार क्षेत्र पूरै डुबानमा परेको छ । त्यस्तै शिवनगर, चमेलीपुर र विजयनगर शिविरमा बाढी बस्ती पसेपछि ३० घर भत्किएका छन् ।

वडा नं २ को सीतापुर, वडा नं ५ शाहीपुर, सिम्रेनी, वडा नं ६ को भगवानपुर, प्रतिपुर, वडा नं ७ को बेलुवा, वडा नं ८ अर्नुवा, वडा नं ९ को खक्रौला गाउँमा सयौँ घर डुबानमा परेका छन् ।

जानकी गाउँपालिकाको वडा नं ३, ७, ८, ९ का सबै गाउँ डुबानमा परेका छन् । स्थानीय भोजबहादुर चौधरीका अनुसार भदौरे, धर्मापुर र अमरावती कुलामा पानीको सतह उच्च भएपछि जानकी गाउँपालिकाका बस्ती डुबानमा परेका हुन् । उता, जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन् । कान्द्रा र काँडा नदी सतहभन्दामाथि पुगेपछि जोशीपुरमा १,३,५,७ नं वडा डुबानमा परेका छन् ।

भजनी नगरपालिकाको वडा नं २ को मोहनपुर, वडा नं ३ को ढुसी गाउँ, वडा नं ५ को फुलियापुर गाउँमा बाढी पसेको छ । ढुसी गाउँको कान्द्रा नदीमा बनाइएको चेक ड्याम भत्काएर बाढी बस्तीमा पसेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए ।

भजनीको वडा नं २ र ३ मा काँढा नदीको बाढी र वडा नं ५ मा कान्द्रा नदी बढेर बाढी आउँदा मोहनपुर, ढुसी र काँडा गाउँमा सयौँ घर डुबानमा परेका छन् । नदीमा पानीको सतह बढ्दै गएको र गाउँ डुबान भइरहेकाले स्थानीय तहले सुरक्षित उपाय अवलम्बन गर्न आग्रह गरिरहेका छन् ।

स्थानीय तहले जोखिममा रहेका बस्तीलाई सार्न थालेका छन् । टीकापुरमा घर भत्किएका परिवारलाई अहिले छिमेकीको घरमा सारिएको छ भने भजनीमा जोखिममा रहेका बस्तीलाई सुरक्षित भवनमा सार्ने कार्य शुरु गरेको भजनीका नगरप्रमुख चौधरीले बताए ।

४२ वर्षपछि टीकापुरमा भारी वर्षा

पछिल्लो २४ घण्टामा कैलालीमा अविरल वर्षा भएको छ । वर्षाले यहाँका धेरै बस्ती डुबानमा परेका छन् । हजारौँ घरपरिवार प्रभावित भइकेका छन् ।

कच्ची घर भत्किन थालेका छन् भने बस्तीमा रुख पनि ढल्न थालेका छन् । अहिलेसम्म मानवीय क्षति भने भएको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार मङ्गलबार बिहान ८ः४५ देखि बुधबार बिहान ८ः४५ सम्म टीकापुर क्षेत्रमा २७१ दशमलव दुई मिलिमिटर वर्षा भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार टीकापुरमा मङ्गलबार राति तीन घण्टामा ११० मिलिमिटर वर्षा भएको छ ।

टीकापुरमा यसअघि सन् १९७८ जुलाई १८ मा एकैदिन ९८ .९ मिलिमिटर पानी परेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : २६ बजे

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका