रुकुम घटनाका पीडितलाई कलाकारले गरे पाँच लाख सहयोग « Khabarhub

रुकुम घटनाका पीडितलाई कलाकारले गरे पाँच लाख सहयोग


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारहरुले पाँच लाख आर्थिक सहयोग गरेका छन् ।

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका –प्रमुख सिपी घर्तीलाई उक्त सहयोग रकम हस्तान्तरण गरे ।

यही जेठ १० गते भएको घटनामा सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीको कुटपिटमा परी मृत्यु भएको थियो ।

मृतक नवराजको शव भेरी नदीमा भटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य पाँच जनाको पनि मृत्यु भएको थियो ।

सहयोग रकम मृतकका प्रत्येक परिवारलाई रु पचास हजारका दरले तीन लाख, प्रत्येक घाइतेलाई दश हजारको दरले १२ जनालाई एक लाख २० हजार र कानूनी प्रक्रियाका लागि ८० हजार गरी जम्मा पाँच लाख रकम नगरपालिकाका प्रमुख घर्तीमार्फत पीडितलाई हस्तान्तरण गरिएको हो ।

सोही अवसरमा वरिष्ठ कलाकार श्रेष्ठले भने, “२१औँ शताब्दीमा आएर पनि १६औँं शताब्दीको जस्तो व्यवहार गरेकोमा दुःख लाग्यो, दलित शब्द नेपाली शब्दकोषबाट नहटाएसम्म मानिसको मनबाट जातीय विभेद र छुवाछुत हट्दैन ।”

भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीले सोती घटना  निकै दुःखदायी भएको बताए । गायक तथा राष्ट्रिय कलाकार समूहका अध्यक्ष यश कुमारले अमेरिका, अष्ट्रेलिया, युकेलगायत विभिन्न देशबाट रकम संकलन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : ४७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह