संक्रमित बढेपछि रुपन्देहीमा सुरक्षा सतर्कता बढाइँदै « Khabarhub

संक्रमित बढेपछि रुपन्देहीमा सुरक्षा सतर्कता बढाइँदै


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही । कोभिड–१९ संक्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणका लागि प्रदेश नं ५ का विभिन्न जिल्लामा निषेधाज्ञा तथा लकडाउन गरिएको छ ।

समुदायस्तरमा कोरोना भाइरस फैलिएपछि रुपन्देहीसहित प्रदेशका विभिन्न जिल्लामा सुरक्षा सतर्कताका लागि निषेधाज्ञा तथा लकडाउन गरिएको हो । कतिपय जिल्लामा लकडाउन यथावत छ भने कतै लकडाउनको तयारी गरिएको छ ।

शुक्रबार मात्रै रुपन्देहीमा ५२ जना नयाँ कोभिड–१९ संक्रमित थपिएका छन् । जिल्लाका विभिन्न ल्याबमा गरिएका परीक्षणमा दिउँसोसम्ममा जिल्लाका छ पालिकाका ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

सबैभन्दा धेरै सिद्धार्थनगरमा १८, बुटवल उपमहानगरपालिकामा १७, तिलोत्तमामा पाँच, मायादेवीमा दुई, शुद्धोधनमा दुई र ओमसतियामा आठ जनामा संक्रमण देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पतालको ल्याब र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार २३ महिला र २९ पुरुषमा संक्रमण देखिएको छ ।

शुक्रबार थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको सङ्ख्या आठ सय ६५ पुगेको छ भने मृतकको संख्या आठ पुगेको छ । जिल्लामा तीन सय ६० जनाले कोरोना जितेका छन् ।

जिल्लामा संक्रमण बढेपछि प्रशासन कार्यालयले नियन्त्रणका लागि लकडाउनलाई निरन्तरता दिइएको छ । प्रशासनले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ५ : ३० बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने