एनआरएनए कतारले समस्यामा परेका ६२७ नेपालीलाई खाद्यान्न बाढ्यो « Khabarhub

एनआरएनए कतारले समस्यामा परेका ६२७ नेपालीलाई खाद्यान्न बाढ्यो


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले एक्काइसौ चरणको राहत वितरण गरेको छ ।

अगष्ट १५ देखि २८ सम्म कतारको विभिन्न ठाउँमा रहेका ६२७ जना नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई खाद्यान्न वितरण गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानाकारी दिए ।

विश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्यवहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथाम गर्न विभिन्न सावधानी अपनाएको छ।

यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली नागरिकलाई देखा परेका समस्या समाधानका निम्ति कतार सरकारको पराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालयद्वारा कतार च्यारिटीमार्फत प्राप्त खाद्यन तथा कतारमा स्थापित नेपाली संघ संस्थाहरूबाट प्राप्त खाद्यान वितरण गरिएको अध्यक्ष मुसलमानले बताए ।

अहिले एक्काइसौ चरणसम्म आइपुग्दा एनआरएनए कतारले ७ हजार २ सय १७ जनालाई खाद्यान स्वरूप राहत राहत वितरण गरिसकेको समेत उनले बताए । खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको नम्बरमा सम्पर्क गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै