अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख ९६ हजार बढी « Khabarhub

अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख ९६ हजार बढी


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा कोरोनाभाइरसबाट अहिलेसम्म करीब दुई करोड ४९ लाख संक्रमित भएका छन्।

तीमध्ये अमेरिकामा मात्र ६० लाख ९६ हजारभन्दा बढी संक्रमित छन्।

अमेरिकामा अहिले पनि करीब २५ लाख ३७ हजार सक्रिय संक्रमित छन्। निको हुनेको संख्या ३३ लाख ७२ हजार पुगेको छ।

अहिलेसम्म एक लाख ८५ हजार ८८९ जनाको मृत्यु भइसकेको छ।

गएको २४ घन्टामा मात्र अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट एक हजार ९३ जनाको मृत्यु भएको छ। त्यसैगरी भारतमा एक हजार १९ र ब्राजिलमा ८६८ जनाको मृत्यु भएको छ।

कुल मृतक संख्याको सूचीमा भारत मेक्सिकोभन्दा अगाडि पुगेको छ। अब विश्वमा तेस्रो धेरै कुल संक्रमित र कुल मृतक भएको देश भारत भएको छ। यसअघि कुल संक्रमित मेक्सिकोमा भन्दा भारतमा बढी भए पनि मृतकको संख्या मेक्सिकोमा धेरै थियो।

भारतमा अहिलेसम्म ३४ लाख ६१ हजारभन्दा बढी संक्रमित छन्। तीमध्ये करीब २६ लाख ४७ हजार निको भएका छन्। करीब सात लाख ५१ हजार उपचाररत छन् भने ६२ हजार ७१३ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा भने अहिलेसम्म ६२ हजार ५९४ जनाको मृत्यु भएको छ। त्यहाँ कुल संक्रमित पाँच लाख ७९ हजार ९१४ छन्। विश्वमै बढी मृत्यु हुने देशको सूचीमा चौथो नम्बरमा रहेको मेक्सिको बढी संक्रमित हुने सूचीमा भने आठौँ नम्बरमा छ।

मेक्सिकोमा अन्य देशको तुलनामा मृत्युदर उच्च छ।

दोस्रो बढी संक्रमित भएको ब्राजिलमा संक्रमितको संख्या ३८ लाख १२ हजार नाघेको छ। त्यहाँ अहिले पनि सात लाख १६ हजार उपचाररत छन् भने एक लाख १९ हजार ५९४ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ७ : ४७ बजे

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर