पर्सामा थप तीन कोरोना संक्रमितको मृत्यु « Khabarhub

पर्सामा थप तीन कोरोना संक्रमितको मृत्यु


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज — पर्साको वीरगञ्जमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षकी एक बृद्धा, वीरगञ्ज –१२ का वर्ष ४३ का एक पुरुष र वीरगञ्ज –२२ मनियारीका ३७ वर्षका पुरुष छन् ।

नारायणी अस्पताल प्रशासनका अनुसार मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबार राति पौने १२ थप उपचारका लागि काठमाडौं रिफर गरिएकोमा उनको शनिबार बिहान मुग्लिङनजिकै मृत्यु भएको छ ।

यस्तै वीरगञ्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको छ । उनी हेपाटाइटीस बी र एचआईभी एड्सका पनि बिरामी थिए ।

वीरगञ्ज १२ मुर्ली निवासी ६५ वर्षीया महिलाको पनि शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.‍अतुलेश चौरसियाले जानकारी दिएका छन् । थप तीन जनाको मृत्यु भएसँगै पर्सामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ९ : १८ बजे

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ – प्रतिनिधिसभाबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा

सवारी दुर्घटना कम गर्न ‘टाइमकार्ड’

ओखलढुङ्गा – ओखलढुङ्गामा तीव्र गतिका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका

भोजपुर गोल्डकप : खोटाङलाई हराउँदै साविक विजेता रुपन्देही सेमिफाइनलमा प्रवेश

काठमाडौँ – भोजपुरमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर

विभागीय मन्त्रीलाई सात दिनभित्र जवाफ दिन रुलिङ

सुर्खेत – कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले प्रदेशसभा सदस्यले सभामा

एकै स्थानमा भेटियो नौ वटा बेवारिसे बम

काठमाडाैँ –  पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे