शनिबार थप ८८४ जनामा कोरोना संक्रमण, कहाँ कति ? (जिल्लागत विवरणसहित) « Khabarhub

शनिबार थप ८८४ जनामा कोरोना संक्रमण, कहाँ कति ? (जिल्लागत विवरणसहित)


१३ भदौ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ९७१ नमूना परीक्षण गर्दा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

डा.गौतमका अनुसार ८८४ नयाँ थपिएका संक्रमितमा २४२ जना महिला र ६४२ जना पुरुष रहेका छन् । डा.गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एक जना, झापाका २० जना, धनकुटाका १९ जना, मोरङका ३१ जना, संखुवासभाका ३ जना र सुनसरीका २४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४९ जना, पर्साका ७३ जना, बाराका २१ महोत्तरीका २६  जना, रौतहटका ५ जना, सप्तरीका २ जना, सर्लाहीका ८२ जना र सिरहका २२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १५५ जना, काभ्रेका १९ जना, चितवनका ५७ जना, दोलखाका एकजना, धादिङका ९ जना, भक्तपुरका १२ जना, ललितपुरका १९ जना, मकवानपुरका ९ जना, सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३ जना, नवलपरासी पूर्वका २३ जना,  लमजुङका २९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका २ जना, गुल्मीका एकजना, दाङका १९ जना, नवलपरासीका १० जना, बाँकेका २० जना, रुपन्देहीका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा  जाजरकोटका एकजना, जुम्लाका एकजना, दैलेखका एकजना, रुकुमपश्चिमका एकजना र सुर्खेतका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका१९ जना, कैलालीका १९ जना,दार्चुलका ३ जना, बझाङका २६ जना, बैतडीका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल देशभर १६ हजार ५७८ जना सक्रिय संक्रमित रहेका छन् भने २० हजार ५५५ जना संक्रमित निको भएका छन् । शनिबार नै १२ जना संक्रमितको मृत्यु भएको पुष्टि गरिएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ५ : १० बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को