काठमाडौँ उपत्यकामा १८६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ हजार नजिक « Khabarhub

काठमाडौँ उपत्यकामा १८६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ हजार नजिक


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस बिफ्रिङमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँ उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ४ हजार ९९७ पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १९ जना गरी जम्मा १८६ जना संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौँमा कोरोना संक्रमितको संख्या ३ हजार ९६० पुगेको छ । यस्तै ललितपुरमा ६०६ र भक्तपुरमा कोरोना संक्रमितको संख्या ४३१ पुगेको छ ।

यसअघि शुक्रबार काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका ३५०, ललितपुरका ११ र भक्तपुरका ५४ जना संक्रमित भएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ५ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै