काठमाडौँ – नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीमाथि प्रहरीबाटै भएको अमानवीय कार्य तत्काल रोक्न माग गरेको छ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गरी संघले दुर्गमका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेर चिकित्सकीय धर्म निर्वाह गरिरहेका केसीलाई बिनाकारण सुरक्षा घेरामा राखिनु अमानवीय र अस्वाभाविक भएको जनाएको छ ।
साउन ११ गतेदेखि जुम्लामा रहेका केसीलाई बसेको स्थानबाट बाहिर जान, हिँडडूल गर्न सुरक्षाकर्मीले दिएका छैनन् ।
प्रतिक्रिया