प्राकृतिक विपद्ले दाङमा दुई करोडको क्षति « Khabarhub

प्राकृतिक विपद्ले दाङमा दुई करोडको क्षति


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा चार महिनामा प्राकृतिक विपदका घटनाबाट करिब दुई करोड रूपैयाँको क्षति भएको छ ।

जिल्लाका १० पालिकाका विभिन्न स्थानमा आगलागी, पहिरो, करेन्टलगायतका घटनाका कारण साउन महिनाको अन्त्यसम्म करिब दुई करोडको क्षति भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

गत वैशाखदेखि साउन महिनासम्मको अवधिमा प्राकृतिक विपद्का कारण एक करोड ८० लाख ९१ हजार ४४० रूपैयाँ बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना अधिकारी  अजेन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार चार महिनाको अवधिमा सबैभन्दा धेरै क्षति साउन महिना भएको छ । साउनमा मात्रै एक करोड चार लाख ५४ हजार १५० रूपैयाँ बराबरको क्षति भएको छ ।

अन्य महिनाको तुलनामा साउनमा बाढीपहिरो, सर्पदंशलगायतका प्राकृतिक विपद्का घटना धेरै हुने भएकाले पनि क्षति बढेको केन्द्रले जनाएको छ ।

साउनमामा पहिरो, वर्षात्का कारण घर भत्किएका, करेन्ट, आगलागी, सर्पदंशसहित ६३ घटना भएका छन् । केन्द्रका अनुसार साउनमा भारी वर्षात्का कारण घरगोठमा भएको क्षतिसम्बन्धी ३३ घटना भएका छन् ।

यसैगरी सर्पदंशका १५, पानीमा डुबेर मृत्यु भएका नौ, करेन्ट लागेका तीन र आगलागीका एक  घटना भएका छन् । यसैगरी असारमा १९ विपद्का घटनामा परेर रु ४५ लाख ८७ हजार २९० बराबरको क्षति भएको केन्द्रका सूचनाकर्ता केसीले जानकारी दिए।

यसैगरी प्राकृतिक विपद्का कारण जेठमा रु १३ लाख ५० हजार र वैशाखमा आठ लाख बराबरको क्षति भएको केन्द्रले जानकारी दिएको छ । जेठमा प्राकृतिक विपद्का आठ र वैशाख महिनामा छ घटना भएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : २४ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल