खोप सेवा बैशाखदेखि नै नियमित : डा.गौतम | Khabarhub Khabarhub

खोप सेवा बैशाखदेखि नै नियमित : डा.गौतम


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको संक्रमणले चैत महिनामा प्रभावित भएको खोप सेवा बैशाखदेखि नियमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले कोरोना संक्रमणको कारण केही समय खोप सेवा प्रभावित भए पनि बैशाखदेखि नियमित भइसकेको बताएका हुन् ।

डा.गौतमका अनुसार पहिलो चरणको लकडाउनमा खोप सेवा प्रभावित भएपछि खोप सेवा संचालन सम्बन्धी मार्गदर्शन बनाएर  खोप सेवा संचालन गरिएको हो ।

बैशाखदेखि खोप कार्यकर्तालाई मास्क, स्यानिटाइजरको व्यवस्थापन गरी सेवा नियमित गरेको बताए ।

डा.गौतमले लकडाउनकै कारण स्थगित भएको दादुरा, रुवेला खोप अभियान कोरोना संक्रमण  लकडाउनकै अवस्थामा फेरि शुरु गरिएको बताए ।

दारुरा  रुवेला खोप अभियानमा २५ लाख ९१ हजारभन्दा बढी  बालबालिकालाई खोप दिइएको डा.गौतमको भनाइ छ । लकडाउनकै समयमा १६ लाख ३७ हजार बालबालिकालाई पोलियोविरुद्धको खोप सेवा पनि दिइएको उनले बताए ।

धादिङ, गोरखा तथा काठमाडौंलगायतका क्षेत्रमा रूवेला फैलिएपछि ३१ हजार ३ सय २९ जना बालबालिकालाई खोप दिइएको उनको भनाइ छ ।

खोप कार्यकर्ताहरुलाई कोरोनाबाट बच्न मास्क स्यानिटाइजर उपलब्ध गराउन बजेट व्यवस्थापन गरी जिल्लाहरुमा रकम पठाइएको पनि बताए । उनले यसैवर्ष पूर्णखोपयुक्त देश घोषणा गर्ने तयारी समेत रहेको पनि बताए ।

यस्तै नवजात शिशुलाई भिटाभिन ‘के’ पनि दिन लागेको बताइएको छ । भिटामिन ‘के’ले बालबालिकामा हुने  घाउ तथा चोटपटकबाट हुने रक्तश्राव कम गर्ने उनले जानकारी दिए ।

डा.गौतमले खोपको बहुवर्षीय योजना अनुसार यो वर्ष रोटाभाइरसविरुद्धको खोप पनि शुरु भएको बताए । १२ वटा रोगविरुद्ध ६ लाख २० हजार भन्दाबढी बालकालिकाहरुलाई नियमित खोप सेवा दिइएको पनि उनले बताए ।

क्षयरोग, पोलियो, लहरेखोकी, भ्यागुते रोग, धनुष्टंकार, हेपटाइटिस, निमोनिया, मेनएन्टाइटिस, रुवेला, जापनिज इन्सेफ्लाइटिस लगायतका खोपले बालबालिकहरु अपाङ्गाता, बिारमी तथा मृत्यु हुनबाट जोगाउन सकिने विज्ञहरू बताउँछन् ।

यस्तै आगामी वर्ष महिलाहरुको पाठेघरको मुखमा क्यान्सरबाट बचाउने एचपीभी खोपसमेत नियमित खोप कार्यक्रममा राख्ने योजना रहेको उनले बताए ।  खोपबाट बच्न सकिने रोगविरुद्ध विभिन्न किसिमका खोपहरु बालबालिका र गर्भवती महिलालाई दिइने गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : ३९ बजे

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक