ओमानले नेपाली कामदारको संख्या बढाउने | Khabarhub Khabarhub

ओमानले नेपाली कामदारको संख्या बढाउने



दोहा- ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र त्यहाँका श्रम मन्त्री डा. महद बिन सईद बिन अलि बाउइन बीच भेटवार्ता भएको छ ।

मन्त्री बिन अलि बाउइनको कार्यकक्षमा भेटमा राजदूत ढकालले नवनियुक्त श्रम मन्त्रीको रूपमा नियुक्त भएकोमा मन्त्रीलाई बधाई तथा शुभकामना दिएकी छन्।

मन्त्री डा.महद बिन सईद बिन अलि बाउइनले राजदूत ढकाललाई कार्यकक्षमा स्वागत गर्दै ओमानको परराष्ट्र नीति,श्रम नीति तथा जनशक्तिको अवस्था लगायत अब आउने दिनमा यहाँको श्रम मन्त्रालयले लिने नीतिहरुको बारेमा जानकारी गराएका थिए ।

उनले नेपाली जनशक्तिबारे आफू जानकार रहेको बताउँदै श्रम क्षेत्रमा विविधता भएमा मात्र मुलुकको विकास गर्न सकिने धारणा व्यक्त गरेका थिए ।

मन्त्री अलि बाउइनले नेपालको आर्थिक तथा सामाजिक पक्षमा जिज्ञासा राख्दै नेपाली कामदारहरुको प्रशंसा गर्दै आगामी दिनमा ओमानमा नेपाली कामदारहरुको संख्या बढाउने गरि अझै बढी सहकार्य गर्न ईच्छुक रहेको बताएका थिए ।

राजदूत ढकालले नेपालको हालको राजनीतिक, आर्थिक, सामाजिक अवस्थाका बारेमा जानकारी गराउँदै हाल नेपालले लिएको उद्देश्य “सुखि नेपाली सम्बृद्ध नेपाल” लाई कार्यान्वयन गर्न अख्तियार गरेका रणनीति एवं कार्ययोजनाहरुबारे जानकारी गराएकी थिइन् ।

ओमानमा रहेका नेपाली श्रमिकहरुको संख्या तथा अवस्थाबारेमा मन्त्री अलि बाउइनलाई अवगत गराउँदै सन् २०२०को शुरुमा नेपालको संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिद्धारा ओमान लगायत खाडी राष्ट्रको स्थलगत अवलोकन गरी पेश गरेको ओमान सम्बन्धी प्रतिवेदनको बारेमा जानकारी गराएको राजदूत ढकालले बताइन् ।

साथै राजदूत ढकालले नेपाल र ओमान बीच हुने तयारी भएको श्रम सम्झौताको पछिल्लो अवस्थाबारे जानकारी गराएकी थिइन् । उक्त अवसरमा उनीहरुले नेपाल र ओमान बीच हुने तयारीमा रहेको श्रम सम्झौताको हालसम्मको प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

उक्त भेटमा ओमानको श्रम मन्त्रालयको तर्फबाट पदाधिकारीहरु तथा दूतावासको तर्फबाट द्धितीय सचिव सोमेश थापा र श्रम सहचारी दिनेश ढकाल सहभागी रहेको थियो।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ११ : ३१ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग