यूएईमा अलपत्र नेपालीलाई खाद्य सामग्री सहयोग | Khabarhub Khabarhub

यूएईमा अलपत्र नेपालीलाई खाद्य सामग्री सहयोग


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- सामाजिक संजाल फेसबुक र टिकटकमा “खाडीको लाउरे खाडीको लाउरेनी ” भन्ने अभिव्यक्ति दिएर भाइरल बनेकी सिन्धुलीकी सुबी बुढाथोकीले यूएईमा अलपत्र १७ नेपालीलाई राहत स्वरूप खाद्यन वितरण गरेकी छन् ।

यूएईमा अलपत्र नेपाली भोकभोकै भन्ने समाचार बाहिर आएपछि विगत ५ वर्षदेखि यूएईमा कार्यरत बुढाथोकी राहत सामग्री लिएर पीडितहरुको कोठामै पुगेकी थिएन् ।

बुढाथोकीसहित अन्य एक जना आएर हप्तासम्मलाई चामल, दाल लगायका खाद्यन दिएर गएको अर्घाखाँचीका कृष्ण बहादुर गन्धर्वले बताए ।

जरिवाना तिर्न नसकेर युएईमा बिचल्लीमा परेका नेपाली कामदारहरुको सहयोगका लागि फेसबुक लाइभबाट निरन्तर सहयोग गर्न सबैलाई अपिल गरिरहेकी छिन् ।

फेसबुक तथा टिकटकमा “खाडीको लाउरे ओ ए खाडीको लाउरे” भन्ने अभिव्यक्ति दिएर आलोचना साथै समर्थन पाएको प्रतिक्रिया दिदै बुढाथोकीले प्रतिक्रियाहरुले अझ उर्जा मिलेको र समाजसेवाको अभियानमा सामाजिक संजालले सहयोग नै पुर्‍याएको बताएकी छन् ।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद यूएईले खान बस्नको व्यवस्था गरेको थियो । पछिल्लो समय एनआरएनएले अब हामी पाल्न नसक्ने भन्दै खाना बन्द गरेर एनआरएनएका प्रतिनिधिहरु सम्पर्क बिहिन भएको उनीहरुले बताएका छन्।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ११ : ५९ बजे

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ