यूएईमा अलपत्र नेपालीलाई खाद्य सामग्री सहयोग « Khabarhub

यूएईमा अलपत्र नेपालीलाई खाद्य सामग्री सहयोग


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- सामाजिक संजाल फेसबुक र टिकटकमा “खाडीको लाउरे खाडीको लाउरेनी ” भन्ने अभिव्यक्ति दिएर भाइरल बनेकी सिन्धुलीकी सुबी बुढाथोकीले यूएईमा अलपत्र १७ नेपालीलाई राहत स्वरूप खाद्यन वितरण गरेकी छन् ।

यूएईमा अलपत्र नेपाली भोकभोकै भन्ने समाचार बाहिर आएपछि विगत ५ वर्षदेखि यूएईमा कार्यरत बुढाथोकी राहत सामग्री लिएर पीडितहरुको कोठामै पुगेकी थिएन् ।

बुढाथोकीसहित अन्य एक जना आएर हप्तासम्मलाई चामल, दाल लगायका खाद्यन दिएर गएको अर्घाखाँचीका कृष्ण बहादुर गन्धर्वले बताए ।

जरिवाना तिर्न नसकेर युएईमा बिचल्लीमा परेका नेपाली कामदारहरुको सहयोगका लागि फेसबुक लाइभबाट निरन्तर सहयोग गर्न सबैलाई अपिल गरिरहेकी छिन् ।

फेसबुक तथा टिकटकमा “खाडीको लाउरे ओ ए खाडीको लाउरे” भन्ने अभिव्यक्ति दिएर आलोचना साथै समर्थन पाएको प्रतिक्रिया दिदै बुढाथोकीले प्रतिक्रियाहरुले अझ उर्जा मिलेको र समाजसेवाको अभियानमा सामाजिक संजालले सहयोग नै पुर्‍याएको बताएकी छन् ।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद यूएईले खान बस्नको व्यवस्था गरेको थियो । पछिल्लो समय एनआरएनएले अब हामी पाल्न नसक्ने भन्दै खाना बन्द गरेर एनआरएनएका प्रतिनिधिहरु सम्पर्क बिहिन भएको उनीहरुले बताएका छन्।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ११ : ५९ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली