लगन बहालको मल्लकालिन इतिहास मेट्ने चलखेलको स्थानीयले गरे विरोध | Khabarhub Khabarhub

लगन बहालको मल्लकालिन इतिहास मेट्ने चलखेलको स्थानीयले गरे विरोध


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- करीब ४ सय वर्ष पुरानो इतिहास बोकेको लगं बहाः (लगन बहाल) को पुरातात्विक महत्वलाई अस्तित्वविहीन बनाउने प्रयासको आरम्भ भएको भन्दै स्थानीयले असन्तुष्टी व्यक्त गरेका छन् ।

राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको नाममा प्रताप मल्लकालिन इतिहासलाईनै अस्तित्वविहीन बनाउने गरी मुद्धामामिलाको थालनी भएको भन्दै लगनटोलबासीले ऐतिहासिक सम्पदा संरक्षणका लागि एकतावद्ध भई त्यस्ता चलखेललाई निष्क्रिय बनाइदिने चेतावनी दिएका छन् ।

शिलखाना नमास्न माग गर्दै त्यो भन्दा धेरै पुरानो इतिहास बोकेको लगन बहाललाई ओझेलमा पार्ने काम भएपछि स्थानीय थप आक्रोशित भएका हुन् । अधिवक्ता प्रकाशमणि शर्मा, सञ्जय अधिकारी र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीलविक्रम थापाले शिलखाना नमास्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् ।

‘प्राचिनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो,’ स्थानीय शैलेश शाक्यले भने, ‘ती विहारमध्ये निर्माण गर्ने भनिएको लगं पार्क क्षेत्रमा प्रताप मल्लको पालामा नै बौद्ध विहार अस्तित्वमा रहेको इतिहास छ । उक्त क्षेत्रमा प्रताप मल्लका छोराहरु नृपेन्द्र मल्ल र चक्रबदेन्द्र मल्लका पालाका शिलालेखहरु तथा चैत्यहरु अहिलेसम्म पनि यत्रतत्र छरिएर रहेका छन् ।’ उनकाअनुसार प्रताप मल्लको पालादेखि नै अस्तित्वमा रहेको उक्त ठाउँको विहार किर्तिपुण्य महाविहार लगं बहाको कचा बहा (शाखा विहार)को रुपमा अवस्थित थियो ।

अहिले भीमसेन थापाको भाईको इतिहाससँग जोडेर प्रताप मल्लकालिन ऐतिहासिक महत्वलाई ओझेल पार्ने काम भैरहेको स्थानीयहरुको गुनासो छ । ‘भीमसेन थापाका भाई रणवीरसिंह थापा (स्वामी अभयानन्द) को घरको मात्रै इतिहास उल्लेख गरी त्यहाँ रहेको तबेलाको समेत कुरा उल्लेख नगरी मल्लकालिन इतिहासलाई तोडमोड गर्ने काम भैरहेको छ,’ उनले भने, ‘नृपेन्द्रमल्लका पालाको चैत्य तथा अन्य विहार र वास्तुकला अनुसारका कलाकृति अहिले पनि त्यहाँ पाइन्छ । त्यसले पनि यो मल्लकालिन सम्पदा हो भन्ने प्रमाण हुन्छ ।’

अन्तिम मल्ल राजा जयप्रकाश मल्लले दोस्री महारानी लगं बहालको शाक्य कुलकी पुत्री रहेको र उनको छोरालाई दरबारमा राजकुमार बनाउने चाहना पूरा नभएपछि मावली टोलमै भएको बिहार लगं बहालमा बौद्ध परम्परा अनुसार चुडाकर्म (बरे छुयेगु) गरी विहार संघको सदस्य बनाएको इतिहास छ ।

शाक्यले छोराहरुलाई लगं बहालको बाहिर पट्टि रहेको अर्को विहार (जहाँ अहिले पार्क बनाउन लागिएको हो उक्त ठाउँमा) मा प्रतापमल्ल कालीन विहार जीर्णोद्वार गरी आफ्नो छोराहरुलाई बौद्ध विहारमा स्थापित गरेको इतिहास प्रमाण रहेको पनि जानकारी दिए ।

अहिले पनि त्यस स्थानमा ऐतिहासिक विहारका बौद्ध चैत्यका साथै विहारसँग सम्बन्धित अन्य मुर्ति र शिलापत्रसहितका भग्नावशेषहरु भेटिनुले पनि त्यहाँ बौद्ध विहार रहेको तथ्यलाई कसैले नकार्न नसकिने उनको तर्क छ ।

‘जयप्रकाश मल्लले वि.सं. १८०१ मा उक्त विहारमा बज्रधातू मण्डल तगायत अन्य बौद्ध मूर्तिहरु स्थापना गरेको विभिन्न शिलालेखको अध्ययनबाट प्रमाणित हुन्छ । त्यसैले यो क्षेत्र पौराणिक ऐतिहासिक तथा पुरात्वात्विक दृष्टिले अति नै महत्वपूर्ण स्थान हो,’ शाक्यले भने,

भिमसेन थापाका भाइलाई निर्माण गरिएको निजी निवास र तबेला भन्दा मल्लकालिन बौद्ध विहार ऐतिहासिक तथा पुरात्वात्विक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । त्यहाँ निर्माण गरेका बौद्ध विहार यहीँका स्थानीय जनताको पुर्खौली सम्पत्ति पनि हो । तर, अहिले रणबीरसिंह थापाको मात्रै इतिहास जोडेर मल्लकालिन इतिहास मेटाउने काम भएको छ । त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ ।’

उनले उक्त ऐतिहासिक स्थानमा काठमाडौँ महानगरपालिकाले पार्क निर्माण गर्ने जानकारी पाएपछि आफूहरुले २०७६ साल जेठमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोगमा अस्तित्वमा रहेको बौद्ध विहार नै पुर्ननिर्माण गर्न माग गर्दै निवेदन दिएको पनि जानकारी दिए।

काठमाडौँ माहानगरपालिकाले ऐतिहासिक र पुरात्वात्तिक महत्वलाई जिवित राख्दै पार्क निर्माण गर्न पटक–पटक छलफल गरेपछि आफूहरु सकारात्मक भएको स्थानीयहरुको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाले पनि स्थानीय र थापाहरुसँगको पटक–पटकको छलफलपछि लगन विहार र शिलखाना दुबैको ऐतिहासिक महत्वलाई जिवित राख्दै खुला ठाउँको सदुपयोग गरी पार्क निर्माणको योजना अघि बढाएको जानकारी दिएको छ । घना बस्ती रहेको भित्रि सहरको यो ऐतिहासिक तथा अद्वितिय कलाकृति भएको स्थानमा पुरातात्विक महत्वलाई जगेर्ना गर्दै सर्वसाधारणलाई स्वच्छ हावा लिने वातावरण निर्माण होस भन्ने हेतुले पार्क निर्माणको कार्य अघि बढाएको पनि काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

‘पार्कसँगै ऐतिहासिक दस्तावेज र पुरात्वात्विक महत्वका सामग्री राख्नका लागि संग्राहलय निर्माण गर्ने गरी काठमाडौँ महानगरपालिकाले डिजाइन तयार पारेपछि र नाम पनि इतिहास नमेटिने गरी लगंपार्क राख्ने भनेपछि हामी सकारात्मक भएका हौँ,’ स्थानीय रिपक शाक्यले भने, ‘लगन टोल ऐतिहासिक महत्वको स्थान हो । भित्रि सहरमा घना बस्ती रहेको र खुला ठाउँ पनि निकै कम रहेको अवस्थामा खुला ठाउँको संरक्षण गर्दै सर्वसाधारणलाई स्वच्छ हावा लिने वातावरण निर्माण गर्दै पार्क निर्माण गर्ने कुरामा हाम्रो समर्थन छ । तर, इतिहास नै मासेर संरचना निर्माण गर्ने काम हुन्छ भने कानुनी लडाईँको बाटो खोज्न बाध्य हुनेछौँ ।’

उनले लामो समय प्रधानमन्त्री बनेका भिमसेन थापाले उक्त क्षेत्र अतिक्रमण गर्दै शाक्यहरुलाई स्थानान्तरण गरी घर र तबेला बनाएको इतिहास रहेको पनि स्मरण गराए। ‘उक्त घरमा प्रधानमन्त्री भिमसेन थापाका भाई रणवीर सिंह थापालाई बस्ने व्यवस्था मिलाएका थिए,’ शाक्यले भने, ‘भिमसेन थापाको पतनपछि थापा परिवारलाई सर्वस्व हरणसहित देश निकाला गरेपछि उनीहरु छिन्नभिन्न भएका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १२ : ११ बजे

पश्मिना उद्योग नेपालको पहिचान हो : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग

आजका समाचार : भीम रावललाई सघाउने नेता-कार्यकर्तामाथि कारबाही, सरकार भ्रष्टाचारीको बचाउमा लागेको आरोप र लस एन्जलसमा फेरि फैलियो आगो

चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेसराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष

बलात्कारपछि हत्याको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय

एजेन्सी – भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र

दक्षिण एसियाली महिला कलाकारको कला प्रदर्शनी माघ १२ देखि, कलाकारहरू काठमाडौंमा

काठमाडौं – दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी

निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैन : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि