काठमाडौँमा ७४७ सहित उपत्यकामा ९३४ संक्रमित थपिए | Khabarhub Khabarhub

काठमाडौँमा ७४७ सहित उपत्यकामा ९३४ संक्रमित थपिए


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ जिल्लामा ७४७ सहित उपत्यकाका तीन जिल्लामा ९३४ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ ३०७ महिला र ४४० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै भक्तपुरमा २८ महिला र ४५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा ४७ महिला र ६७ पुरुषसहित ११४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबीच देशभर आज थप १ हजार ५१३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा १ हजार ५१३ संक्रमित थपिएको जानकारी दिएको छ ।

योसँगै नेपालमा संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ । बितेको २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

आज ७३१ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५५ हजार ३७१ जनाले कोरोनालाई जितेका छन् । अहिले २० हजार ३९६ जनामा सक्रिय संक्रमण छ ।

देशभर अहिले २० हजार ३९६ जना आइसोलेसनमा छन् । ५ हजार ७७८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ४ : ३९ बजे

खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

किमाथांका– जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव

एजेन्सी– भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को