चालकमा कोरोना, नगरपालिका सिल « Khabarhub

चालकमा कोरोना, नगरपालिका सिल


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको मेलौली नगरपालिकालाई सिल गरिएको छ ।

आज नगरपालिकामा कार्यरत एक कर्मचारी र भारतबाट फर्केका एक स्थानीयवासीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि नगरक्षेत्र सिल गरिएको हो ।

आज बसेको आकस्मिक बैठकले असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गर्ने निर्णय भएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले जानकारी दिए ।

उनले भने, “सङ्क्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गर्ने कार्य हुने भएकोले नगरक्षेत्र सिल गरिएको हो ।”

नगरपालिकाको गाडीको चालकमा कोरोना पुष्टि भएपछि स्वास्थ्य र आकास्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहने मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए ।

सिल गरिएको अवधिमा नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालय बन्द रहने भएका छन् ।

यस्तै सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय भएको छ । यसका साथै आवतजावतमा पनि पूर्णरुपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउनजान पनि रोक लगाइएको छ । मेलौलीमा हालसम्म ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा दुई जना मात्र सक्रिय सङ्क्रमित छन् ।

आज थप तीन जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मेलौली नगरपालिकाका दुई र दशरथचन्द नगरपालिकाका एक गरी तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि हुनेमा मेलौली नगरपालिकामा कार्यरत २४ वर्षीय पुरुष कर्मचारी, मेलौली नगरपालिका–८ का ३० वर्षीय पुरुष र दशरथचन्द नगरपालिका–९ का ३६ वर्षीय पुरुष रहेका छन् ।

सङ्क्रमण पुष्टि हुने कर्मचारी नगरपालिकाको गाडीको चालक र अन्य दुई जना भारतबाट फर्किएका व्यक्ति रहेको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । यो सँगै बैतडीमा सङ्क्रमितको सङ्ख्या ४०९ पुगेको छ । जसमध्ये हाल ३१ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । एक जनाको भने कोरोना सङ्क्रमणकै कारण ज्यान गएको छ ।

हालसम्म जिल्लाको पञ्चेश्वर गाउँपालिकाका सबैभन्दा बढी ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै दशरथचन्द नगरपालिकाका ५६, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, पाटन नगरपालिकाका ४९, दोगडाकेदार गाउँपालिकाका ४६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

यस्तै मेलौली नगरपालिकाका ३६, सुर्नया गाउँपालिकाका २८, पुर्चौंडी नगरपालिकाका २० र डिलाशैनी गाउँपालिकाका १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ५ : ३१ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद